स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर, ३ जेठ ।
बागमती गाउँपालिका–४ सादेपुलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार बेलुका भएकाे दुर्घटनामा हेटाैंडा-१३ पदमपोखरीका ४५ वर्षीय केशव मुडबरीकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको ना ६६ प ९३०३ स्कुटर रड बाेकेकाे ट्याक्टरमा ठाेकिएर दुर्घटना हुँदा मुडबरी घाइते भएका थिए । उनको हेटाैंडा अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे ।

हेटौंडा-धरान-चतरा सडक खण्डको उक्त स्थानमा स्कुटर दुर्घटना भएकाे खबरपछि प्रहरी चाैकी झुरझुरेबाट खटिएको प्रहरीले घाइते भएका मुडबरीलाई उपचारको लागि हेटौंडा अस्पताल पठाएकाे थियाे ।  ईलाका प्रहरी कार्यालय फापरवारीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट ३ किलोमिटर उत्तर भोर्लेनीबाट काभ्रेको तालढुङ्गा जाने भित्री सडक खण्डमा ना ७ त २२५९ नम्बरको रड बोकेको ट्याक्टर रोकी राखेको अबस्थामा फेला पारेको छ । सोही ट्याक्टरमा लोड भएको रडमा स्कुटर ठोकिएर दुर्घटना भएको आशंकामा  ट्याक्टरलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । ट्याक्टरका चालक भने फरार छन् ।

पदमपाेखरी निवासी मुडबरी विद्यालय सञ्चालक, व्यवसायीका साथै सामाजिक सेवामासमेत क्रियाशील थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट