राउण्ड टेबल नारायणगढद्वारा सामुदायिक विद्यालयलाई छात्रवृत्ति प्रदान

भरतपुर, ३ जेठ ।
चितवनका व्यवसायीहरुको साझा सामाजिक संस्था राउण्ड टेबल १४, नारायणगढले चितवनका दुई वटा सामुदायिक विद्यालयका १५९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बुधबार नारायणगढमा आयोजित एक कार्यक्रमका बीच बालकुमारी मावि नारायणगढका ४४ विद्यार्थी र मोहनपुर आधारभूत विद्यालयका ११५ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको हो ।

राउण्ड टेबल १४ नारायणगढका अध्यक्ष डा. सन्दीप गर्गले बालकुमारी माविका विद्यार्थीलाई १ लाख ४५ हजार ४२० रुपैयाँको चेक र मोहनपुर आधारभूत विद्यालयका विद्यार्थीका लागि १ लाख ४ हजार ३५० रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट