भरतपुर, १ जेठ ।
त्रिमूल नेपाल राप्ती नगर समितिकाे आयाेजनामा भण्डारा र पिप्ले क्षेत्रमा नि:शुल्क थेरापी शिविर सञ्चालन गरिएकाे छ । शिविरमा करिब ४० जनाले सेवा लिएका छन् ।
जनतालाई स्वस्थ बनाउँदै राष्ट्र निर्माणकाे अभियानमा जुट्न आह्वान गर्नु त्रिमुल नेपालको उद्देश्य रहेको चितवन जिल्ला संयोजक मदन अधिकारीले बताए । जनतामा अस्वस्थकर खानाले निम्त्याएकाे विकराल स्वास्थ्य समस्यालाई कसरी समाधान गर्ने भन्ने साेचका साथ नि:शुल्क अभियानलाई अगाडि बढाइएको अधिकारीले बताए । त्रिमुल नेपालले गत हप्ता पनि राप्ती नगरपालिकाको वडा नम्बर-२ मा नि:शुल्क थेरापी शिविर गरेको थियो ।





