जनकल्याण विद्यालयलाई सहयात्रीको कुलर

गैँडाकोट, ३० वैशाख ।
सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जनकल्याण आधारभूत विद्यालयमा कुलर वितरण गरेको छ ।
वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत साना बालबालिकाहरुलाइ गर्मी छल्न सहज होस् भनी कुलर वितरण गरेको हो । गैँडाकोट- ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले सहयात्री साकोसले सामाजिक कार्यमा अगाडी बढेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे ।

नारायणी माविका प्रधानाध्यापक मिलन श्रेष्ठले बालबालिकाको लागि शीतलता प्रदान गर्न संस्थाले गरेको काम प्रसंशायोग्य रहेको बताइन् ।

जनप्रतिनिधि एवम संस्थाका पूर्व अध्यक्ष तारा त्रिपाठीले संस्था यहाँसम्म आइपुग्न सम्पूर्ण वडाबासीको योगदान रहेको बताए । संस्थाका उपाध्यक्ष एवम संयोजक राजेन्द्र पौडेलले विगतदेखि वर्तमानसम्म संस्थाले गरेका क्रियाकलापको जानकारी दिँदै सहकारी प्रति सबैले सरोकार राख्नु पर्ने बताए ।

कार्यक्रममा लक्षुमण ओझा, जीवनाथ कंडेल, अम्मर कुमाल, डिलबहादुर श्रेष्ठ, मानबहादुर कुमाललगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष भीमप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण व्यवस्थापक बृहस्पति घिमिरेले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट