जनकल्याण विद्यालयलाई सहयात्रीको कुलर

गैँडाकोट, ३० वैशाख । सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जनकल्याण आधारभूत विद्यालयमा कुलर वितरण गरेको छ । वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत साना बालबालिकाहरुलाइ गर्मी छल्न सहज होस् भनी कुलर वितरण गरेको हो । गैँडाकोट- ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले सहयात्री साकोसले सामाजिक कार्यमा अगाडी बढेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि […]

गैंडाकोट प्रज्ञा पुरस्कारबाट मतिप्रसाद सम्मानित

गैंडाकोट, ३० वैशाख । गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले लेखक डाक्टर मतिप्रसाद ढकाललाई सम्मान गरेको छ । भाषा-साहित्य, कला, संगीत, संस्कृति र प्रविधि मध्य कुनै क्षेत्रमा उच्च योगदान गर्ने एक जना विशिष्ट प्रतिभालाई वर्सेनि प्रदान गरिने गैंडाकोट नगर प्रज्ञा पुरस्कार २०८० बाट गैंडाकोट नगरपालिका- १ निवासी भाषा-साहित्यका अथक साधक तथा अनुसन्धाता डा. मतिप्रसाद ढकाललाई समर्पण गरिएको […]

कविडाँडाको २१ औँ वार्षिकोत्सव जेठ ६ गते, तीन जना स्रस्टा पुरस्कृत हुँदै

भरतपुर, ३० वैशाख । कविडाँडा साहित्य समाज चितवनको २१ औँ वार्षिकोत्सवका अवसरमा प्रदान गरिने पुरस्कारहरू सार्वजनिक गरिएको छ । शनिबार बसेको बैठकले वार्षिकोत्सव समारोहमा प्रदान गरिने पुरस्कारहरु सार्वजनिक गरिएको कार्यबाहक अध्यक्ष सीताराम कोइरालाले जानकारी दिए । कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले उक्त पुरस्कारको जानकारी फेसबुकमार्फत सार्वजनिक गरेका छन् । जस अन्तर्गत कविडाँडा देवखिना स्मृति […]

लोक गायक अमरविरही गुरुङको `खोली रसायो…´ गीत सार्वजनिक

गैंडाकोट, ३० वैशाख । लमजुङ गैंडाकोट सम्पर्क समाजले लोक गायक अमरविरही गुरुङको `खोली रसायो…´ लोकगीतलाई गृह सार्वजनिक गरेको छ । लमजुङ गैंडाकोट सम्पर्क समाजका अध्यक्ष लक्ष्मीप्रसाद सोतीको अध्यक्षतामा भएको कार्यक्रममा लोकगीत प्रतिष्ठाका संस्थापक अध्यक्ष एवम् लोकगायक अमरविरही गुरुङले आफ्नो आवाजमा गीत प्रस्तुत गर्दै गृह विमोचन गरेका थिए । सोही अवसरमा समाजले नयाँ वर्ष २०८१ को […]

नारायणी टाेल विकास संस्थाको छैटौँ साधारणसभा सम्पन्न

गैंडाकोट, ३० वैशाख । गैंडाकोट नगरपालिका- ५ मा रहेको नारायणी टाेल विकास संस्थाको छैटौँ साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बिष्णु गौतमको अध्यक्षता, उपाध्यक्ष पुष्पादेवी सापकोटाको स्वागत मन्तव्य र सचिव बाबुराम पोख्रेलको प्रतिवेदन प्रस्तुत भएको कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष रत्नप्रसाद सापकोटा प्रमुख अतिथि रहेका थिए । सभामा मन्तव्य राख्दै अध्यक्ष सापकोटाले […]