गैंडाकोट प्रज्ञा पुरस्कारबाट मतिप्रसाद सम्मानित

गैंडाकोट, ३० वैशाख ।
गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले लेखक डाक्टर मतिप्रसाद ढकाललाई सम्मान गरेको छ । भाषा-साहित्य, कला, संगीत, संस्कृति र प्रविधि मध्य कुनै क्षेत्रमा उच्च योगदान गर्ने एक जना विशिष्ट प्रतिभालाई वर्सेनि प्रदान गरिने गैंडाकोट नगर प्रज्ञा पुरस्कार २०८० बाट गैंडाकोट नगरपालिका- १ निवासी भाषा-साहित्यका अथक साधक तथा अनुसन्धाता डा. मतिप्रसाद ढकाललाई समर्पण गरिएको हो ।

आइतबार गैंडाकोट नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरी डाक्टर ढकाललाई पुरस्कार दिइएको हो । नगर प्रमुख एवम् कुलपति मदनभक्त अधिकारी, उपकुलपति गोविन्दराज विनोदी र वरिष्ठ साहित्यकार चूडामणि बन्धुले डाक्टर ढकाललाई टीका, दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरेका हुन् । पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।

कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले भाषा साहित्यका साधक ढकाललाई गैंडाकोट प्रज्ञा पुरस्कारबाट पुरस्कृत गर्न पाउँदा खुसी लागेको बताए । सम्मानित स्रस्टा ढकालले यो पुरस्कारले आफूलाई थप जिम्मेवारी बोध भएको बताउँदै आफूले गरिरहेको काममा अझै मेहनत गर्ने बताए ।

कार्यक्रममा संगीत विभाग प्रमुख अमरविरही गुरुङले स्वागत मन्तव्य राख्दै एउटा लोकगीत पनि प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सदस्य सचिव भीम शर्माले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट