`चिया गफ´मा अध्येता प्रेम सिग्देलका पठन अनुभव

भरतपुर, २९ वैशाख ।
`पढ्नु भनेको सबैभन्दा ठुलो भ्रमबाट मुक्त हुनु हो ।´ शनिबार आरम्भ कलेज भरतपुरमा आयोजित चियागफ कार्यक्रममा अध्येता प्रेम सिग्देलले पढ्ने बानीले मानिसलाई भ्रमबाट मुक्त राख्ने बताएका छन् । `मानिस खान बस्न मात्रै जन्मेको प्राणी होईन । संसारलाई बुझ्न, केही गर्न सबैभन्दा ठुलो जिम्मेवारी मानिस कै छ । मानिस चेतनशील प्राणी पनि हो । जसले अध्ययन गर्छ उसले जीवनमा धेरै कुरा सिक्छ र धेरै काम गर्न सक्छ ।´ सिग्देलले बताए ।

लेट्स टकको आयोजनामा गरिएको कार्यक्रममा अध्येता सिग्देलले पठन अनुभव सुनाएका थिए । युवाहरूको बहस फोरम लेट्स टकको ८३ औँ शृङ्खला सिग्देल सहभागी भएका हुन् । बाल्यकालमा पैसा नहुँदा पनि विभिन्न किसिमले पैसा सङ्कलन गरी किताब किनेर पढेको स्मरण सिग्देलले गरे ।

आफूले विशेषगरी अङ्ग्रेजी साहित्य पढ्ने गरेको पनि उनले बताए । किताब पढ्दा मुख्य बुँदालाई हाइलाइट गरेर पढ्ने गरेको पनि सिग्देलले बताए । `हाइलाइट गर्दा ती सन्दर्भलाई सम्झिरहन सकिने रहेछ ।´ सिग्देलले भने – `त्यसरी पढेका किताबका पाना वर्षौँपछि पल्टाउँदा पनि याद आउँदो रहेछ ।´

कार्यक्रममा सूर्यप्रकाश कँडेल, प्रेमप्रसाद कँडेल, डाक्टर कृष्ण पौडेललगायतले सिग्देललाई पुस्तक र पठन संस्कृतिका सन्दर्भमा प्रश्न राखेका थिए । कार्यक्रमको उद्घाटन गर्दै आरम्भ कलेजका प्रिन्सिपल सुरज सिवाकोटीले शृङ्खलाका प्रमुख व्यक्ति प्रेम सिग्देललाई मायाको चिनोस्वरुप किताब दिएका थिए भने लेट्स टकका संयोजक आकाश पौडेलले प्रिन्सिपल शिवाकोटीलाई पनि किताब उपलब्ध गराए ।

चितवनमा पठन संस्कृतिको अभियानमा लागिपरेको सम्पूर्ण किताब र आरम्भ कलेजको संयोजनमा गरिएको कार्यक्रमलाई लेट्स टकका संयोजक आकाश पौडेलले सहजीकरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट