सहभागितात्मक कार्यमूलक अनुसन्धानबारे कार्यशाला

भरतपुर, २९ वैशाख । शिक्षण सिकाइ प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि भरतपुरमा सहभागितात्मक कार्यमूलक अनुसन्धानबारे कार्यशाला भएको छ । सप्तगण्डकी बहुमुखी क्याम्पस शिक्षा विभागको आयोजनामा र रिसर्च म्यानेजमेन्ट सेलको सहयोगमा सो कार्यशाला गरिएको हो । कार्यशालामा चितवनका सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी क्याम्पस, माडी क्याम्पस, मैयादेवी क्याम्पस, सहीद स्मृति क्याम्पस र भवानी शंकरका ४४ जना […]

चितवनमा कर्णाली सभ्यताको चर्चा

भरतपुर, २९ वैशाख समाजशास्त्री माधव चौलागाईंको पुस्तक सपादलक्ष कर्णालीमाथि भरतपुरमा चर्चा गरिएको छ । चितवन कचेहेरीको आयोजनामा शनिबार भरतपुरस्थित डबली क्याफेमा पुस्तकका सन्दर्भमा चर्चा गरिएको हो । पुस्तकमाथि बोल्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले ‘सपादलक्ष कर्णाली’ पुस्तक पाठकलाई कर्णाली बुझ्ने लेन्स भएको बताए । ‘यो पुस्तकमा १२ औँ शताब्दीको कर्णालीको ऐतिहासिक चित्रण छ । सवा […]

आदर्शका अभिभावकलाई अभिमुखीकरण

भरतपुर, २९ वैशाख । आदर्श पब्लिक स्कुल, भरतपुर–४ ले शनिबार आफ्ना अभिभावकका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका प्राचार्य शिव केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा शिक्षक अभिभावक संघका अध्यक्ष सूर्यप्रकाश कँडेल प्रमुख अतिथि रहेका थिए । अध्यक्ष कँडेलले अभिभावकका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर विद्यालयले प्रशंसनीय कार्य गरेको बताए । प्राचार्य केसीले […]

निर्मोहीको `आवारा बादल´माथि गैंडाकोटमा परिचर्चा

गैंडाकोट, २९ वैशाख । नियात्राकार निर्मोही व्यासको पुस्तक आवारा बादलमाथि चर्चा गरिएको छ । ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालको आयोजनामा शनिबार गैंडाकोटमा उक्त कृतिमाथि चर्चा गरिएको हो । पुस्तकमाथि समीक्षक कपिल अज्ञात र पूर्णप्रसाद अधिकारीले टिप्पणी राखेका थिए । कार्यक्रममा प्राध्यापक माधव चालिसेले स्वस्ती वाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीको अध्यक्षतामा कार्यक्रम गरिएको […]

पठन संस्कृति अभियानमा किताबसँगै सहकारीको पनि चर्चा

गैंडाकोट, २९ वैशाख । गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्रको सभाहलमा पठन संस्कृति अभियानको दोस्रो शृङ्खला गरिएको छ । अध्येता हरि शर्मा प्रमुख अतिथि रहेको कार्यक्रममा पाठकले आफूले पढेका किताबको समीक्षात्मक टिप्पणी राखेका थिए । शनिबार गरिएको कार्यक्रमको सुरुमा गैंडाकोट- ८ का संसार सापकोटाले अखण्ड भण्डारीको `बोरा´ उपन्यासको पाठकीय सुझाव प्रस्तुत गरे । बोरामा पोको पारेर […]

`चिया गफ´मा अध्येता प्रेम सिग्देलका पठन अनुभव

भरतपुर, २९ वैशाख । `पढ्नु भनेको सबैभन्दा ठुलो भ्रमबाट मुक्त हुनु हो ।´ शनिबार आरम्भ कलेज भरतपुरमा आयोजित चियागफ कार्यक्रममा अध्येता प्रेम सिग्देलले पढ्ने बानीले मानिसलाई भ्रमबाट मुक्त राख्ने बताएका छन् । `मानिस खान बस्न मात्रै जन्मेको प्राणी होईन । संसारलाई बुझ्न, केही गर्न सबैभन्दा ठुलो जिम्मेवारी मानिस कै छ । मानिस चेतनशील प्राणी पनि […]