हिंसा प्रभावितलाई प्राथमिकताका साथ सम्बोधन गर्न माग

भरतपुर, २८ वैशाख ।
हिंसा प्रभावित महिला तथा बालबालिकाको सवाललाई राज्यले प्राथमिकतामा पारेर योजना निर्माण गर्नुपर्ने हिंसा पीडितको न्यायका लागि क्रियाशील अधिकारकर्मीले माग गरेका छन् । उनीहरुले विभिन्न कारणले हिंसामा परेका पीडित, असहाय, अनाथ, अन्याय र शोषणमा परेका महिला किशोरी बालबालिकाको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै उनीहरुको न्याय र संरक्षण गर्न राज्यले नै ध्यान दिनुपर्ने बताएका छन् ।

पछिल्लो समय संस्थामा मात्र दैनिक ५देखि ७ जना पारिवारिक र सामाजिक हिंसाबाट प्रभावितहरु न्यायका लागि आउने गरेकाले यस्तो समस्या समाधानको प्रमुख दायित्व राज्यको भएको उनीहरुको भनाई थियो । आदर्श गृह नेपालको शुक्रबार भरतपुरमा सम्पन्न पाँचौँ साधारणसभा तथा दोस्रो अधिबेशनको उद्घाटन सत्रमा बोल्ने अधिकारकर्मीले मानवीय हिंसा जस्तो संवेदनशील सवालमा राज्य मौन हुनु दु:खद रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका वागमती प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले महिला तथा बालअधिकार रक्षाका लागि आदर्शको अभियानलाई सहयोग गर्न आर्थिक मामिला मन्त्रालय प्रतिवद्ध रहेको स्पष्ट पारे । मन्त्री थपलियाले असहाय, अनाथ, हिंसाप्रभावित अन्याय र शोषणमा परेका महिला किशोरी बालबालिकाको रक्षा गर्ने दायित्व राज्यको भएपनि आदर्श अभियानकी संस्थापक मीना खरेलले अनवरत रुपमा निर्वाह गरिरहेको भुमिकाको उच्च प्रसंसा गरे ।

कार्यक्रममा आदर्शको भवन निर्माणका लागि जग्गाको व्यवस्थापनमा जुट्न सबै सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रमको अवसरमा संस्थाका संस्थापक एवं अध्यक्ष मीना खरेलले संस्था सञ्चालनमा कुनै पनि दातृ निकायको सहयोग नभएको स्पष्ट पार्दै हालसम्म नीजि, व्यक्तिगत र स्थानीय सहयोगले नै संस्था क्रियाशील रहेको उल्लेख गरिन् ।
सो अवसरमा आदर्श अभियानमा नियमित सहयोग गर्ने १४ संघसंस्था र १२ जना नियमित दातालाई सम्मान गरिएको थियो ।

यस्तै संस्थाका सल्लाहकारहरु स्वर्गीय सावित्री कँडेल, स्वर्गीय शंकर कँडेल र स्वर्गीय डाक्टर विष्णुमाया खरेललाई मरणोपरान्त सम्मान गरिएको थियो ।

कार्यक्रममा पुर्व मन्त्री एवं नेता विजय सुवेदी, अधिवक्ता फूलमाया रानाभाट, सामाजिक अभियन्ता यमलाल भण्डारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारी, विदुर केसी, बलभद्र घिमिरे, भगवती पौडेल, शारदा शर्मा पौडेललगायतले बोलेका थिए ।

उक्त अवसरमा सचिव भानुभक्त कँडेलले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवदेन र कोषाध्यक्ष उषा खरेल सुवेदीले प्रस्तुत गरेको लेखा प्रतिवदेन अनुमोदन समेत गरिएको छ । आदर्श गृहले हालसम्म १ हजार १ सय ८१ जनाको उद्धार संरक्षण र पुनर्स्थापना गरेको छ भने हाल ३१ जना संस्थामा संरक्षित छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट