बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते आह्वान गरिने

मकवानपुर, २८ वैशाख ।
बागमती प्रदेशसभाको बर्खे अधिवेशन वैशाख ३१ गते आह्वान गरिने भएको छ । बिहीबार बसेको बागमती प्रदेशकाे मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि बर्खे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संसद् अधिवेशन आह्वान गर्नेछन् । बजेट अधिवेशनको रूपमा रहेको बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरिने छ ।

गत वैशाख १२ गते राती १२ बजे प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो ।
बागमती प्रदेश सरकार मन्त्रीपरिषद्का निर्णयहरु (२०८१ बैशाख २७ गते)

१) २०८१ वैशाख ३१ गते दिनको १ बजेलाई प्रदेश सभाको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने (मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय)

२) प्रदेश नीति तथा योजना आयोगको सदस्यमा श्री दिपेन्द्र श्रेष्ठलाइ नियुक्त गर्ने (मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय)

३) नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०को पहिलो संशोधन स्वीकृत गर्ने (मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय)

४) लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण मापदण्ड, २०८१ स्वीकृत गर्ने (मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय)

५) प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद स्थापना हुने स्थान, सङ्गठन तालिका, दरवन्दी तेरिज, कार्यविवरण, छाप र साइन बोर्ड स्वीकृत गर्ने (सामाजिक विकास मन्त्रालय)

६) वन क्षेत्र प्रयोग तथा रुख कटान गर्ने सम्बन्धमा (भौतिक पूर्वाधार विकास मन्त्रालय)

७) कार्यालय स्थानान्तरण सम्बन्धमा (भौतिक पूर्वाधार विकास मन्त्रालय)

८) खरको छानामुक्त बागमती प्रदेश कार्यक्रम संचालन (पहिलो संशोधन) कार्यविधि, २०८१ स्वीकृत गर्ने (भौतिक पूर्वाधार विकास मन्त्रालय)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट