देवचुलीमा प्लाष्टिकजन्य फोहर पुनः प्रयोग व्यवस्थापन सम्बन्धि तालिम

देवचुली, २५ वैशाख ।
देवचुली नगरपालिकामा प्लाष्टिकजन्य फोहर पुनः प्रयोग व्यवस्थापन सम्बन्धि तालिम सुरु गरिएको छ । देवचुली नगरपालिकाको आयोजना तथा वास नमुना गाउँ परियोजना ( नापा वास) को सहयोगमा वैशाख २४ गतेदेखि २६ गतेसम्म देवचुली ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालयमा तालिम गरिएको हो ।

समुदायमा रहेका प्लाष्टिकजन्य फोहरलाई स्थानीय स्तरमा व्यवस्थापन गर्न सिकाउन र वातावरणमैत्री समाज बनाउनका लागि तालिमको आयोजना गरिएको वास नमुना गाउँ परियोजनाका निर्देशक भीमबहादुर मल्लले जानकारी दिए । विद्यार्थीलाई फोहर व्यवस्थापनका बारेमा सिकाएर समुदायलाई सचेत बनाउन अभियानका लागि समेत तालिम दिइएको उनको भनाई छ ।

सकलादेवी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ पोखरेलको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी सकलादेवी माध्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लेखबहादुर सिंजाली, सिएटिनका प्रतिनिधि सुशील सुवेदी, शिवानन्द न्यौपानेलगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटनमा बोल्दै वडा अध्यक्ष कृष्णप्रसाद सापकोटाले नगरमा फोहोर व्यवस्थापनको समस्या समाधानका लागि सरोकारवाला हातेमालो गर्दै अगाडि बढनुपर्ने बताए ।

तीनदिनसम्म सञ्चालन हुने तालिममा सकलादेवी माध्यमिक विद्यालयका कक्षा ८ का विद्यार्थीहरु, महिला वडा सदस्य तथा आमा समुहका प्रतिनिधिहरुलाई तालिम प्रदान गरिएको कार्यक्रम संयोजक प्रवीण घिमिरेले बताए । तालिमबाट समुदायमा भएका प्लाष्टिकजन्य फोहोरहरु सङ्कलन गरी व्यवस्थापन गर्न सिकाउने र तिनीहरुको सहि रुपमा प्रयोगका बारेमा सहजीकरण गरिने सहजकर्ता श्रीरेन्द्र प्रकाश पोखरेलले बताए । तीनदिनसम्म फूलमाला, सजीसजावटका सामानहरु, मुढा, कलमदानी, फूलदानीलगायतका सामानहरु बनाउन सिकाइने छ ।

नापा वासले देवचुली ५ र ६ मा खानेपानी स्वच्छता तथा वातावरणमैत्री समुदाय निर्माणका लागि निरन्तर परियोजना सञ्चालन गर्दै आइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट