हेटौंडाको बनकरिया बस्तीमा पुस्तकालय स्थापना

हेटौंडा, २३ वैशाख ।

मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उद्घाटनसँगै शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ । अन्तर्राष्ट्रिय सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चले पुस्तकालय उद्घाटनसँगै शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरेको हो ।

कार्यक्रममा बनकरियाका २३, चेपाङका १४, तामाङका ४ गरी ४१ बालबालिकालाई स्टेशनरी र विद्यालय पोशाक बितरण गरिएको हो । संस्थाले बालबालिकालाई ब्याग, जुत्ता, कपी, पेन्सील, डटपेन, क्याल्कुलेटर, ज्यामिती बक्स प्रदान गरिएको थियो भने पुस्तकालयका लागि किताब ¥याक, चकटी ३० वटा, टेबल ४ वटा, कार्पेट र सूचना पाटीका लागि सेतो बोर्ड प्रदान गरेको थियो ।

पुस्तकालयका लागि रुम टु रिड नामक संस्थाले बाल कथा, बालपत्रिका, सामान्य ज्ञान, कखग लगायतका ३०० किताब प्रदान गरेको थियो । कार्यक्रम मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्य तथा राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चकी अध्यक्ष सुनी लामाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मनहरी गाउँपालिका शिक्षा शाखाका विदुर थापा, नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ, राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चकी कोषाध्यक्ष सुशिला गोले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मनहरी गाउँपालिकाकी कार्यपालिका सदस्य मिरा खत्री, राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चकी संस्थापक अध्यक्ष रश्मी थापा मगर, उपाध्यक्ष यशोकान्ती भट्टचन, विसम्बरा तामाङ महिला कृषक समूह शंखरापुर काठामाडौंकी अध्यक्ष जुनिता स्याङ्तान, कार्यक्रम संयोजक सरस्वती शेर्पा लगायतको आतिथ्य रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट