२०८१ वैशाख २४ गते सोमबारको कायाकैरन दैनिक (ePaper)
मेयर कप फुटबल लिगको तालिका सार्वजनिक

चितवन, २३ वैशाख । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने मेयर कप अन्तर विद्यालय फुटबल लिगको खेल तालिका सार्वजनिक भएको छ । सह–आयोजक तथा प्राविधिक सहयोगी संस्था चितवन जिल्ला फुटबल संघले बैशाख २८ गतेदेखि हुने लिगको तालिका सार्वजनिक गरेको हो । लिगमा भरतपुर महानगरपालिकाभित्रका २४ विद्यालय सहभागी छन् । जसमा सामुदायिकबाट १२ […]
हेटौंडाको बनकरिया बस्तीमा पुस्तकालय स्थापना

हेटौंडा, २३ वैशाख । मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उद्घाटनसँगै शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ । अन्तर्राष्ट्रिय सहयोगी संस्था माद्रेको आर्थिक सहयोगमा राष्ट्रिय आदिवासी जनजाती महिला मञ्चले पुस्तकालय उद्घाटनसँगै शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरेको हो । कार्यक्रममा बनकरियाका २३, चेपाङका १४, तामाङका ४ गरी ४१ बालबालिकालाई स्टेशनरी र […]
वृद्ध अवस्था (कविता)

बिते वर्ष धेरै भयाे वृद्ध बेला, बसे हात पाऊ कती बाँचिएला । फुले केश मेरा झरे दाँत सारा, नसुन्ने भएँ कान गर्छु इसारा ।। बढ्यो श्वास औधी दुखे धेर आँखा, म राेगी भएँ भत्भती पाेल्छ छाला । दुई गाँस खाँदैछुु काे पस्किदेला, न छाेराे न पत्नी बुहारी छ मेलाँ ।। भई पत्नी स्वर्गे बुहारी छ […]
त्रिमुल नेपालद्वारा राप्तीमा नि:शुल्क थेरापी शिविर

भरतपुर, २३ वैशाख । त्रिमूल नेपाल राप्ती नगर समितिकाे आयोजनामा राप्ती नगरपालिका वडा नम्बर २ मा नि:शुल्क थेरापी शिविर गरिएकाे छ । शिविरमा ६० जना स्थानीयले सेवा लिएका थिए । त्रिमूल नेपालले जनताकाे सेवामा सदैव समर्पित भएर अगाडि बढ्ने प्रतिबद्धता लिएको उक्त पार्टीका चितवन जिल्ला संयोजक मदन अधिकारीले बताए ।
सामुदायिक सेवा केन्द्र भरतपुरको अध्यक्षमा चिरञ्जीवी सुवेदी चयन

भरतपुर, २२ वैशाख । सामुदायिक सेवा केन्द्र भरतपुरको छैटौं साधारणसभा तथा चौथो अधिवेशनले चिरञ्जीवी सुवेदीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार भरतपुरमा सम्पन्न अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा इ. भोजराज कौडेल, उपाध्यक्षमा नीलकण्ठ ढुंगाना, सचिवमा राजेन्द्रप्रसाद खनाल, कोषाध्यक्षमा रामशरण सत्याल तथा सहसचिवमा संगीता भट्टराई चयन भएका छन् । त्यस्तै निवर्तमान अध्यक्ष डाक्टर […]