सीपलाई व्यवहारमा लागू गर्न जोड

भरतपुर, २२ वैशाख ।
भरतपुर महानगरको आर्थिक सहयोग र भरतपुर–९ मा रहेको प्रफेक्सन हेयर एण्ड ब्युटी सेलुन एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित ३९० घण्टे (६५ दिने) एडभान्स ब्युटिसियन तालिम शुक्रबार सम्पन्न भएको छ ।

तालिमको समापन समारोहका प्रमुख अतिथि भरतपुर महानगरका आर्थिक विकास महाशाखाका प्रमुख तेजेन्द्रप्रसाद पौडेलले सिकेको सीपलाई व्यवहारमा रुपान्तरण गर्न सहभागीलाई आग्रह गरे । नगरका बेरोजगार नागरिकलाई सीप सिकाएर आयआर्जनतर्फ आकर्षित गर्ने महानगरको उद्देश्य रहेको बताउँदै पौडेलले आगामी दिनमा पनि सीपमूलक तालिम निरन्तर सञ्चालन गर्ने बताए ।

ब्युटिसियन पेसा आफैमा सौन्दर्यकरण गर्ने भएको बताउँदै महाशाखा प्रमुख पौडेलले यो पेसाले सीप र कलालाई आन्तरिक र बाह्यरुपमा आकर्षण गर्ने बताए । भरतपुर ९ नम्बर वडा कार्यालयकी कार्यवाहक अध्यक्ष कोपिला दुराले यस्ता सीपमूलक तालिमले महिलालाई आत्मविश्वासतर्फ अग्रसर गराउने बताइन् । महानगरले आफ्नै वडामा सीपमूलक तालिम ल्याएकोमा खुसी व्यक्त गर्दै दुराले तालिमकेन्द्र र प्रशिक्षकलाई धन्यवाद दिइन् । वडाले पनि विगत वर्षदेखि अन्य सीपमूलक तालिम सञ्चालन गर्दै आएको उनको भनाइ थियो ।

भरतपुर महानगरको सहकारी प्रवद्र्धन शाखाका वरिष्ठ शाखा अधिकृत जीवलाल कुँवरले तालिममा सिकेको सीपलाई ब्युटिपार्लर खोलेर व्यवहारमा लागू गर्न आग्रह गरे । यस्ता सीपमूलक तामिलले महिलालाई आत्मनिर्भरतर्फ अगाडि बढ्न टेवा पुग्ने उनको भनाइ थियो ।

ट्रेनिङ सेन्टरकी अध्यक्ष सीतादेवी गैरे कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रशिक्षक मीरा पराजुली, परमानन्द टोल विकास संस्थाकी अध्यक्ष लक्ष्मी रिजाल, प्रशिक्षार्थी रेनु दाहाल खत्री, सरिता बराल लगायतले मन्तव्य व्यक्त गरेका थिए । तालिमका सहभागीलाई प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतले प्रमाणपत्र वितरण गरेका थिए । तालिममा भरतपुर ७, ८, ९ र १० नम्बर वडाका १३ जना महिलाको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट