सीपलाई व्यवहारमा लागू गर्न जोड

भरतपुर, २२ वैशाख । भरतपुर महानगरको आर्थिक सहयोग र भरतपुर–९ मा रहेको प्रफेक्सन हेयर एण्ड ब्युटी सेलुन एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित ३९० घण्टे (६५ दिने) एडभान्स ब्युटिसियन तालिम शुक्रबार सम्पन्न भएको छ । तालिमको समापन समारोहका प्रमुख अतिथि भरतपुर महानगरका आर्थिक विकास महाशाखाका प्रमुख तेजेन्द्रप्रसाद पौडेलले सिकेको सीपलाई व्यवहारमा रुपान्तरण गर्न सहभागीलाई आग्रह गरे । नगरका […]

दोभान कालिका नमुना टोलका १ सय दश घरधुरीलाई डस्टबिन वितरण

भरतपुर, २२ वैशाख । दोभान कालिका नमुना टोल विकास संस्था भरतपुर –१० का १ सय दश घरधुरीलाई प्लाष्टिकजन्य फोहोरको उचित व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको छ । एम्स एब्रोड एजुकेशनको आर्थिक सहयोगमा भरतपुर–१० का वडाअध्यक्ष परमेश्वर खनालको प्रमुख आतिथ्यमा शनिबार एक कार्यक्रमकाबिच प्लाष्टिकजन्य फोहोरको उचित व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको हो । उक्त सामग्री वितरण […]

रोट्रयाक्ट डिस्ट्रीक्ट ३२९२ नेपालको वार्षिक कार्ययोजना निर्माण

भरतपुर, २२ वैशाख । रोट्र्याक्ट डिस्ट्रीक्ट ३२९२ नेपालले चितवनमा डिस्ट्रीक्ट सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोट्रयाक्ट डिस्ट्रीक्ट डिआरआर रोसन कार्कीको अध्यक्षता तथा रोटरी डिस्ट्रीक्ट २०२४/२५ का डिजि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सेमिनारले रोट्रयाक्ट डिस्ट्रीक्टले आगामी वर्ष गर्ने कामको बारेमा समीक्षा गर्दै वार्षिक कार्ययोजना निर्माण गर्दै सम्पन्न भएकोे रोट्रयाक्ट डिष्ट्रिक्ट डिआरआर […]

भीम बिराग प्रतिष्ठान मकवानपुरबाट ९ जना सम्मानित

मकवानपुर, २२ वैशाख । मकवानपुरको हेटौंडामा शनिबार ९ जना स्रष्टा सम्मानित भएका छन् । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले विभिन्न क्षेत्रका ९ जना स्रष्टालाई सम्मानित गरेको हो । प्रतिष्ठानले कला साधक भीम विराग सक्रिय रहेका क्षेत्रहरु साहित्य, सङ्गीत, कला र पत्रकारिता चारवटा क्षेत्रका स्रष्टालाई हेटौंडा उपमहानगरपालिकाको सहयोगमा स्थापना भएको ४ वटा पुरस्कारबाट […]

रत्ननगर जेसीजको रत्नविजमा उद्यमीका कथा

रत्ननगर, २२ वैशाख । रत्ननगर जेसीजको रजत जयन्ती तथा जेसीज सप्ताहको अवसरमा शनिबार आयोजित रत्नविज समिट कार्यक्रममा अर्थविद्ले नेपालको आर्थिक अवस्था र जिल्लाका उद्यमीहरुले सफलताको कथा सुनाएका छन् । उद्यमशीलतामार्फत जिल्लाको आर्थिक विकासको सम्भावनाको खोजी गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डाक्टर विश्वनाथ पौडेलले नेपालको अर्थतन्त्र, आर्थिक […]

हेटौंडामा एक युवकमाथि खुकुरी प्रहार

मकवानपुर, २२ वैशाख । हेटौंडा १० बसपार्कमा शनिबार बिहान एक युवक माथि खुकुरी प्रहार भएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ महेन्द्रनगर बस्ने वर्ष १९ को आयुष कुँवरमाथि खुकुरी प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभर्‍याङ डेरा गरी बस्ने […]

कवि भूपिनलाई एक लाख राशिको ‘गण्डकी प्रज्ञा साहित्य सम्मान’

भरतपुर, २२ वैशाख । प्रसिद्ध कवि/आख्यानकार भूपिन ‘गण्डकी प्रज्ञा साहित्य सम्मान’बाट सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले एक सूचना जारी गर्दै भूपिनलाई सो सम्मान दिने निर्णय गरेको हो । प्रतिष्ठानले आफ्नो स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशभित्र भाषा, साहित्य, कला, संगीत र संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको छ । यस […]

लेट्स टकको `चिया गफ´मा मज्जैले खुले `मोसो´का लेखक कँडेल

भरतपुर, २२ वैशाख । चितवनका युवाहरूको छलफल तथा बहसको साझा मञ्च `लेट्स टक´को ८२औँ शृङ्खलामा पत्रकार/लेखक सूर्यप्रकाश कँडेल सहभागी भएका छन् । शनिबार बिहान भरतपुरस्थित चिया दरबारमा भएको `चिया गफ´ शृङ्खलामा पत्रकार तथा लेखक कँडेलले आफ्नो दैनिकी, साहित्य, पत्रकारिता र सम्बन्धका विषयमा खुलेर प्रस्तुत भए । पत्रकार कँडेलले स्कुलको जीवन सम्झिए । क्याम्पसका दिन सम्झिए […]