हेटौंडामा एक युवकमाथि खुकुरी प्रहार

मकवानपुर, २२ वैशाख ।
हेटौंडा १० बसपार्कमा शनिबार बिहान एक युवक माथि खुकुरी प्रहार भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ महेन्द्रनगर बस्ने वर्ष १९ को आयुष कुँवरमाथि खुकुरी प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभर्‍याङ डेरा गरी बस्ने वर्ष २० को समिर थिङ र १८ वर्षीय पञ्चबहादुर तामाङले कुँवर माथि खुकुरी प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्दन र दाहिने हातको कान्छि औंलामा चोट लागेको छ । उनको उपचारको लागि हेटौंडा अस्पतालमा पठाईएकोमा त्यहाँ उपचार संभव नभएपछि शनिबार बिहानै चुरेहिल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको छ । घटनामा संलग्न दुबै जनालाई खुकुरी सहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारवाही प्रक्रिया अगाडी बढाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट