भरतपुर, २२ वैशाख ।
रोट्र्याक्ट डिस्ट्रीक्ट ३२९२ नेपालले चितवनमा डिस्ट्रीक्ट सेमिनार सम्पन्न गरेको छ । सेमिनार रोट्रयाक्ट डिस्ट्रीक्ट डिआरआर रोसन कार्कीको अध्यक्षता तथा रोटरी डिस्ट्रीक्ट २०२४/२५ का डिजि राजेन्द्रमान शेरचनको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सेमिनारले रोट्रयाक्ट डिस्ट्रीक्टले आगामी वर्ष गर्ने कामको बारेमा समीक्षा गर्दै वार्षिक कार्ययोजना निर्माण गर्दै सम्पन्न भएकोे रोट्रयाक्ट डिष्ट्रिक्ट डिआरआर इलेक्ट विक्रम क्षेत्रीले बताए । दुई दिनसम्म चलेको सेमिनारमा करिब ६० जना डिस्ट्रीक्ट मेम्बरहरु सहभागी थिए । सेमिनारले बिगत वर्षमा भन्दा अब आउने वर्षमा युवामैत्री कार्यक्रमहरु सञ्चालन गर्नेगरी कार्ययोजना निर्माण गरेको क्षेत्रीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी डिस्ट्रीक्ट २०२४/२५ का डिस्ट्रीक्ट गभर्नर राजेन्द्रमान शेरचनले रोट्रयाक्ट डिस्ट्रीक्टले बिगतदेखि गरेका कामहरूको प्रसंशा गरे । डिस्ट्रीक्टले अब नयाँ कार्ययोजना बनाउँदा बिगतका वर्ष भन्दा फरक र पृथक खालका कार्यक्रमहरु सञ्चालन गनुपर्ने बताए । धेरैजसो युवाहरु रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता आएको हुँदा स्वदेश मै रोजगारीको सिर्जना गर्ने खालका विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गनुपर्ने बताए । यसको लागि रोटरी डिस्ट्रीक्टले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै रोटरियन राजन पियाले रोट्रयाक्ट डिस्ट्रीक्टले बिगतदेखि नै निकै राम्रो र महत्वपूर्ण कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा धन्यवाद व्यक्त गरे । आगामी दिनमा रोट्रयाक्ट अभियानमा रोटरीको निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
सेमिनारमा सौगात गौतम, सुरज पौडेल, नानिकाजी खड्का, विक्रम क्षेत्री, दिनेश गैरे, माधव पराजुली, अनुप पाण्डे, सुविन खड्कालगायतले सहजीकरण गरेका थिए ।





