गैंडाकोट, २१ वैशाख ।
सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गराउनका लागि नवलपुर जिल्लाभर खटिएका दर्ता सहयोगीलाई कावासोतीमा पुनर्ताजगी तालिमको सुरुवात गरिएको छ ।
स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश शाखा कार्यालय कास्कीको आयोजनामा जिल्लाका ९२ वडाका दर्ता सहयोगीलाई आधारभूत पुनर्ताजगी तालिम दिन लागिएको हो । गण्डकी प्रदेश संयोजक महेशप्रसाद ठाकुरको अध्यक्षतामा शुक्रबारदेखि सुरु तालिममा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेल प्रमुख अतिथि रहेका थिए । पौडेलले तालिमको उद्घाटन गर्दै स्वास्थ्य बीमा कार्यक्रम चल्न र सफल बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीको ठूलो भूमिका र जिम्मेवारी रहेकाले आफ्नो जिम्मेवारी अक्षरस पालना गर्नुपर्ने बताए ।
कार्यक्रममा अभिनाष पोख्रेल, कृष्णप्रसाद नागिला, डिल्लीराम तिवारीलगायत अतिथि रहेका थिए । तालिम उद्घाटन कार्यक्रममा नवलपुर जिल्लामा रहेका नगरपालिका/गाउँपालिकाको २०७८ मतगणनाका आधारमा २८.४०% घरपरिवार स्वास्थ्य बीमामा आवद्ध भएको नवलपुर जिल्ला संयोजक ध्रुव बोगटीले जानकारी दिए ।





