एमाले चितवनको जिल्ला अधिवेशनमा सेल्फी प्वाइन्ट राखिने

चितवन, २१ वैशाख । नेकपा (एमाले) चितवनको ११ औँ जिल्ला अधिवेशनमा सेल्फी प्वाइन्ट राखिने भएको छ । पार्टी कार्यालयमा शुक्रबार बसेको मञ्च व्यवस्थापन उपसमितिको बैठकले अधिवेशन स्थलको बाहिर फोटो खिच्नका लागि सेल्फी प्वाइन्ट राख्ने निर्णय गरेको एमाले चितवनका उपसचिव एवम् प्रचारप्रसार विभाग प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिए । मञ्च व्यवस्थापन उपसमितिका सम्योजक भक्तिप्रसाद गौतमको सम्योजकत्वमा […]

बीमा दर्ता सहयोगीलाई पुनर्ताजगी तालिम

गैंडाकोट, २१ वैशाख । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गराउनका लागि नवलपुर जिल्लाभर खटिएका दर्ता सहयोगीलाई कावासोतीमा पुनर्ताजगी तालिमको सुरुवात गरिएको छ । स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश शाखा कार्यालय कास्कीको आयोजनामा जिल्लाका ९२ वडाका दर्ता सहयोगीलाई आधारभूत पुनर्ताजगी तालिम दिन लागिएको हो ।  गण्डकी प्रदेश संयोजक महेशप्रसाद ठाकुरको अध्यक्षतामा शुक्रबारदेखि […]

नेपाल लाइफ इन्स्योरेन्सद्वारा रक्तदान

गैंडाकोट, २१ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी वाग्मती प्रदेश कार्यालय अन्तरगत नारायणगढ शाखाले २३औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा ७ महिला सहित कुल ४३ जनाले रक्तदान गरेका छन् । चितवनमा रगतको मागमा अत्यधिक वृद्धि भएको र माग अनुसार रगत आपूर्ति गर्न कठिनाई भएको बेला कम्पनीले रक्तदान कार्यक्रमको आयोजना […]

उत्कृष्ट अङ्क ल्याएका विद्यार्थीलाई पूर्व विद्यार्थी मञ्चको सहयोग

गैंडाकोट, २१ वैशाख । नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्च गैंडाकोटले सोही विद्यालयका विद्यार्थीलाई सम्मान गरेको छ । मञ्चले शुक्रबार विद्यालयमा कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । कक्षा ८ को नगर स्तरीय परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको पूर्व विद्यार्थी मञ्चका अध्यक्ष गणेश अधिकारीले बताए । सामुदायिक तथा संस्थागत विद्यालयहरूमध्येबाट […]