वैशाख २१ गतेका लागि बागमती प्रदेशसभामा सर्वदलीय बैठक आह्वान

मकवानपुर, १८ वैशाख ।
बागमती प्रदेशसभामा सर्वदलीय बैठक आह्वान गरिएको छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले वैशाख २१ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

बागमती प्रदेश सरकारले प्रदेश सभाकाे तेह्रौँ (हिउँदे) अधिवेशन वैशाख १२ गतेबाट अन्त्य गरेकाे थियाे । वर्षे (बजेट) अधिवेशन सञ्चालनका लागि सर्वदलीय बैठक २१ गते शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएकाे छ ।

बैठकमा संसदीय समितिको सभापतिको निर्वाचन, बजेट अधिवेशनलगायतका विषयमा छलफल हुने बताइएकाे छ । प्रदेशसभा गठन भएकाे डेढ वर्ष हुदाँसम्म संसदीय समितिकाे सभापति चयन हुन सकेकाे छैन । ५ वटा संसदीय समिति रहेकाे प्रदेशसभा समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन हुँदै आएकाे छ ।

सत्तारुढ तथा प्रतिपक्ष दलहरु बिच भागबण्डा नमिल्दा संसदीय समितिको सभापति चयन हुन नसकेकाे हाे । सभापति विहिन संसदीय समितिले प्रभावकारी भूमिका निर्वाह गर्न सकेकाे छैन ।
यसअघिका सर्वदलीय बैठकमा समेत संसदीय समितिको सभापति चयनकाे विषयमा सहमति जुटाउने प्रयास भागबण्डाकै कारण असफल हुँदै आएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट