नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेसँग छलफल

भरतपुर, १८ वैशाख ।
उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा संघको सचिवालयमा सोमबार नेपाल बैंक लि.का प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेसँग व्यावसायिक विषयमा छलफल भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीहरुले व्यावसायिक कर्जा उपलब्धता एवम् तालिकीकरणमा सहजीकरणका लागि प्रस्ताव राखेका थिए ।

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायी र बैंक एक अर्काका परिपूरक भएकोले व्यवसायी बाँचे बैंक बाँच्ने बताए । उनले आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीलाई कसरी राहत दिन सकिन्छ ? त्यस विषयमा ध्यान दिन नेपाल बैंक लि.का प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई आग्रह गरे ।

नेपाल बैंक लि. का प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले भूकम्प र कोभिडले अर्थतन्त्र धरासायी बनाएको र बैंकका लगानीहरु समेत अनुत्पादक क्षेत्र जग्गा तथा शेयरमा लगानी बढ्दा नगद प्रवाहमा संकट परेको बताए । उनले व्यवसायीलाई समस्या परे बैंक तथा वित्तीय संस्थाहरु पनि सुक्दै जाने बताए । उनले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन व्यवसायीहरुलाई आग्रह गरे । उनले भरतपुर–१ स्थित मेनरोडमा नेपाल बैंक लि. को शाखा पुनः सञ्चालनमा ल्याउन लागेको जानकारी गराए ।

उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष प्रचण्डलाल प्रधानले व्यवसायीहरु समस्यामा पर्दा अन्ततः बैंकलाई नै समस्या पर्ने भएकाले उद्यमी व्यवसायीको समस्यालाई आत्मसात गर्दै बैंकहरुले कार्य गर्नुपर्ने बताए । संघका पूर्वअध्यक्ष राजन गौतमले बैंकहरुले घर, गाडीभन्दा उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कल्याण जोशी, सहनलाल प्रधान, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्षत्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, संघका कार्यसमिति सदस्यहरु, नेपाल बैंक लि. नारायणगढ शाखाका शाखा प्रबन्धक रमेश न्यौपाने, नेपाल बैंक लि. का सरोजप्रसाद उपाध्यायको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट