भरतपुर २ मा उद्घोषण तालिम, महिलाको क्षमतामा विकास

भरतपुर, १७ वैशाख ।
भरतपुर महानगरपालिका वडा नम्बर २ को आयोजनामा उद्घोषण तालिम सम्पन्न भएको छ । भरतपुर- २ का वडाध्यक्ष मनोज रानाभाटका अनुसार तालिमले महिलाको नेतृत्व क्षमतामा विकास गरेको छ । महिलाहरुमा नेतृत्व क्षमताको विकास गर्न उद्घोषण तालिम आयोजना गरिएको वडाध्यक्ष रानाभाटले बताए । सहभागीहरुले तालिम प्रभावकारी भएको र नेतृत्व क्षमतामा विकास भएको बताए ।

भरतपुर–२ वडा कार्यालयको सभाहलमा भएको उद्घोषण तालिममा विभिन्न १८ वटा टोलका ५० जना सहभागी थिए ।

तालिमको समापन कार्यक्रममा वडाध्यक्ष रानाभाटले सिकेको सीपलाई व्यवहारमा ल्याउनुपर्ने बताए । ‘तालिम लिइसकेपछि सहभागीबाट सकारात्मक प्रतिक्रिया आयो, तीन दिनको समय नपुगेको हुनाले आगामी दिनमा यस तालिमलाई पाँच दिनको बनाउने सुझाव आएको छ, हामी यही सुझावलाई मध्येनजर गर्दै अघि बढ्नेछौँ’ वडाध्यक्ष रानाभाटले भने । नेतृत्व विकासको सीपले महिला समक्ष बनाउने वडाध्यक्ष रानाभाट बताउँछन् ।
उनले तत्काल किशोरकिशोरीका लागि नेतृत्व विकासको तालिम वडा कार्यालयले ल्याउने बताए । एसईई दिएर बसेका किशोरकिशोरीका लागि पनि नेतृत्व विकासको तालिम छिटै दिने गरी वडाले तयारी गरेको बताए । तालिमको मुख्य प्रशिक्षकमा पत्रकार किशोर खनाल रहेका थिए । मुख्य प्रशिक्षक खनालले उद्घोषणसहित महिलाको नेतृत्व तहको क्षमता विकासलाई प्रमुख प्राथमिकता दिएर तालिम दिइएको बताए । मोटिभेसनल स्पिकरसमेत रहेका खनालले तालिममा सहभागी हुनेहरुले जुनकुनै संस्थामा नेतृत्व गर्न सक्ने अवस्थामा पुगेको जानकारी दिए ।

तालिमको अर्का प्रशिक्षक पत्रकार कमलराज कँडेल रहेका थिए । उनले तालिम प्रभावकारी भएको बताए ।

कार्यक्रममा वडा सदस्य परशुराम पौडेलले उद्घोषण तालिम वर्सेनी चलाउने बताए । वडा सचिव ओमप्रकाश न्यौपानेले तालिम कार्यक्रमको संयोजन गरेका थिए ।

जनप्रतिनिधिहरु बेलपत्र श्रेष्ठ, बलराम सिटौलालगायतले तालिम उत्साहपूर्ण रहेको बताए । सहभागीको तर्फबाट कविता रेग्मीले बोलेकी थिइन् । उनले तालिम प्रभावकारी भएको बताइन् । उद्घोषण तालिम महिलाका लागि अतिआवश्यक भएको र वडाले दिँदा आफ्नो क्षमता विकास भएको बताइन् । भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले उद्घोषण तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट