भरतपुर, ९ पुस ।
नारायणी विद्या मन्दिर माध्यमिक विद्यालय शिवनगरका पूर्वविद्यार्थीहरुले ६ जना गुरुहरुको सम्मान गरेका छन् । २०५९ सालको एसएलसी ब्याचका विद्यार्थीले आफूहरुलाई पढाउने ६ जना शिक्षकलाई पाँचौं मित्रमिलन तथा गुरु सम्मान कार्यक्रममा सम्मान गरेका हुन् ।
सम्मानित हुनेमा भवानीप्रसाद पौडेल, राम सुफल राय, तोयानाथ अधिकारी, रामचन्द्र कोइराला, प्रेमकुमार चापागाई र डिल्लीराज बगाले छन् । गुरुहरुको शिक्षाले आफूहरु अहिलेको स्थानमा पुग्न सफल भएको भन्दै विद्यार्थीहरुले गुरुको सम्मान गरेका हुन् । सम्मानित शिक्षकहरुलेयो सम्मानले आफूहरुलाई समाजप्रति अझै जिम्मेवारी थपेको महसुस गराएको बताए ।
कार्यक्रम संयोजक चन्दना कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो ब्याचबाट विद्यावारिधी गरेकी सुस्मिता भण्डारीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वविद्यार्थीहरु दीपबहादुर थापा, बिष्णुबहादुर भुजेल लगायतले बोलेका थिए ।





