रास्वपाको पहिलो दिनको दबाबयात्रा ४१ किलोमिटर

कावासोती, ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वले सोमबार बिहान गैंडाकोटबाट थालेको दबाबमूलक पैदलयात्रा डण्डा बजार पुगेको छ । टोलीले पहिलोदिन ४१ किलोमिटर पैदलयात्रा गरेर सोमबार साँझ कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकाको सिमानामा पुगेर बास बसेको रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमले जानकारी दिए । नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र यात्राका […]
राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ज्योति तेक्वान्दो डोजाङ प्रथम

मकवानपुर, ९ पुस । बागमती प्रदेशकाे राजधानी हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवअन्तर्गत सोमबार भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ज्योति तेक्वान्दो डोजाङ प्रथम भएको छ । १२ वटा तौल समूहमा भएको प्रतियोगितामा ज्योतिले ३ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित पहिलाे भएको हो । ३ स्वर्ण र एक काश्यसहित किरणचोक तेक्वान्दो डोजाङ द्वितीय भएको […]
लघुवित्त पीडितहरु सशक्त आन्दोलनमा उत्रने

खैरहनी, ९ पुस । लघुवित्त संस्थाबाट पीडित भएकाहरु सशक्त आन्दोलनमा उत्रने भएका छन् । आइतबार खैरहनीमा आयोजित पीडितहरुको भेलामा उनीहरुले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सरकारविरूद्ध सशक्त आन्दोलनमा उत्रने बताएका हुन् । भेलाले सुधा पाठकको अध्यक्षतामा संघर्ष समिति पुनर्गठन गरेको छ । शिवकान्त चौधरी सचिव रहेको समितिमा अन्य पदाधिकारी र सदस्य पछि चयन गर्ने भेलाले […]
भरतपुरका १४४ जना स्काउट पारिजात स्कुलमा दीक्षित

भरतपुर, ९ पुस । भरतपुर महानगरपालिकाका १४४ जना स्काउट विद्यार्थीहरु दीक्षित भएका छन् । आइतवार भरतपुर -६ चोकबजारस्थित पारिजात ईङ्ग्लिस बोर्डिङ स्कुलद्वारा आयोजित शितकालीन क्याम्प तथा दीक्षान्त समारोहमा स्काउट विद्यार्थी दीक्षित भएका हुन् । विद्यालयका प्राचार्य एवं ट्रुप अध्यक्ष अरविन्द प्रताप राणाको अध्यक्षता रहेको सो कार्यक्रममा भरतपुर महानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथिको रुपमा रहेका […]
२०८० पुस १० गते मंगलबारको कायाकैरन दैनिक (ePaper)

२०८० पुस ९ गते सोमबारको कायाकैरन दैनिक (ePaper)

महानगरद्वारा व्यावहारिक शिक्षामा जोड

भरतपुर, ९ पुस । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरले व्यावहारिक शिक्षालाई जोड दिएको बताएकी छन् । भरतपुर १६ मा रहेको दुर्गा शेषकान्त अधिकारी माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले महानगरले विद्यार्थीलाई विद्यालय जाउँजाउँ लाग्ने वातावरण निर्माणको कार्य गरिरहेको उल्लेख गरिन् । महानगरपालिका प्रमुख दाहालले घोकन्ते विद्याले मात्र विद्यार्थीलाई ज्ञान नपुग्ने भएकाले […]
प्रभात र बानियाँ सम्मानित हुँदै

भरतपुर, ९ पुस । प्रगतिवादी कवि युद्धप्रसाद मिश्रको ११७ औँ जन्म जयन्तीको सन्दर्भमा साहित्य संगम चितवनले दुई जना स्रस्टालाई सम्मान गर्ने भएको छ । २०७९ सालदेखि व्यक्तित्वको आधारमा प्रदान गर्न थालिएका दुईवटा पुरस्कारबाट समीक्षक रमेश प्रभात र प्राडा कर्णबहादुर बानियाँ सम्मानित हुन लागेका हुन् । डिल्लिराम–धनसरा पौडेल स्मृति पुरस्कार–२०८० बाट समीक्षक रमेश प्रभात पुरस्कृत हुन […]
पूर्वविद्यार्थीले गरे गुरुको सम्मान

भरतपुर, ९ पुस । नारायणी विद्या मन्दिर माध्यमिक विद्यालय शिवनगरका पूर्वविद्यार्थीहरुले ६ जना गुरुहरुको सम्मान गरेका छन् । २०५९ सालको एसएलसी ब्याचका विद्यार्थीले आफूहरुलाई पढाउने ६ जना शिक्षकलाई पाँचौं मित्रमिलन तथा गुरु सम्मान कार्यक्रममा सम्मान गरेका हुन् । सम्मानित हुनेमा भवानीप्रसाद पौडेल, राम सुफल राय, तोयानाथ अधिकारी, रामचन्द्र कोइराला, प्रेमकुमार चापागाई र डिल्लीराज बगाले छन् […]
दाहालको उपन्यास `मिठु´ माथि चितवनमा अन्तरसंवाद

भरतपुर, ९ पुस । स्रस्टा पारसमणि दाहालको `मिठु´ उपन्यासमाथि अन्तरसंवाद गरिएको छ । सम्पूर्ण किताब नारायणगढले सोमबार आयोजना गरेको कार्यक्रममा लेखकको उपस्थितिमा विमर्श एवम् छलफल गरेको हो । छलफल कार्यक्रममा उदय अधिकारी र मिठु गौतमले पुस्तकको समीक्षात्मक टिप्पणी राखेका थिए । मिठु उपन्यासमा नेपालको पूर्वी पहाडबाट कामको सिलसिलामा भारतको पूर्वोत्तर क्षेत्रमा कामका लागि गएका नेपाली […]
प्रदेशस्तरीय महिला फुटबलको उपाधि चितवनको कञ्चन क्लब राप्तीलाई

मकवानपुर, ९ पुस । मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद तथा व्यापार महोत्सवमा भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि चितवनको कञ्चन क्लब राप्तीले जितेको छ । आइतबार हेटौंडा–१० टिसिएन चौरमा भएको फाइनल खेलमा एन्फा मकवानपुर नारायणी कलेजलाई टाइब्रेकरमा २–० गोल अन्तरले पराजित गर्दै चितवनले उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि […]
इच्छाकामनाका किसानले सुन्तला बेचेर कमाए १० करोड

इच्छाकामना, ९ पुस । सुन्तला खेतीबाट मात्रै इच्छाकामना गाउँपालिकाका किसानले मनग्य आम्दानी लिने भएका छन् । यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै १० करोड रूपैयाँ आम्दानी लिने भएका हुन् । गाउँपालिकाको कृषि विकास शाखाका अनुसार यहाँका किसानले उत्पादन गरेको सुन्तलाले राम्रो मूल्य पाएपछि यस वर्ष आम्दानी धेरै हुने भएको छ । […]