प्रदेशस्तरीय महिला फुटबलको उपाधि चितवनको कञ्चन क्लब राप्तीलाई

मकवानपुर, ९ पुस ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद तथा व्यापार महोत्सवमा भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि चितवनको कञ्चन क्लब राप्तीले जितेको छ । आइतबार हेटौंडा–१० टिसिएन चौरमा भएको फाइनल खेलमा एन्फा मकवानपुर नारायणी कलेजलाई टाइब्रेकरमा २–० गोल अन्तरले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि नतिजाको लागि टाइब्रेकरको सहारा लिनु परेको थियो । प्रतियोगिताको उपाधि विजेता चितवनको टिमले १५ हजार रुपैयाँ र उपविजेता नारायणी कलेजले १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको मकवानपुर जिल्ला फुटबल संघ सदस्य तथा महोत्सवको फुटबल संयोजक आशीष थापा मगरले जानकारी दिए ।

संयोजक मगरको संयोजकत्वमा भएको प्रतियोगितामा ४ वटा महिला टिमहरुको सहभागिता रहेको थियो । संयोजक थापाले यस्ता प्रकारको प्रतियोगितामा महिलालाई पनि प्राथमिकता दिएकोमा जिल्ला खेलकुद विकास समितिलाई धन्यवाद व्यक्त गर्दै महिला खेलाडीहरुको विकास हुने बताए ।

यसअघि आइतबारै भएको सेमिफाइनल खेलमा चितवनले वीरगञ्ज युथ क्लबलाई ४–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने नारायणी कलेजले बागमती गाउँपालिका खेलकुद विकास समितिलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । चितवनको तर्फबाट दोस्रो हाफमा विनुले २ गोल गरेकी थिइन् । प्रतिक्षा ठकुरी र पुस्तिका वाग्लेले समान १–१ गोल गरेकी थिइन् । नारायणी कलेजको तर्फबाट सजिना स्याङ्तान र जुना रुम्बाले समान १–१ गोल गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट