देवचुलीमा होमस्टे व्यवस्थापन तथा उद्यमशीलता सम्बन्धि तालिम

देवचुली, २ पुस ।
देवचुलीमा होमस्टे व्यवस्थापन तथा उद्यमशीलता सम्बन्धि तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजनामा देवचुली- ६ किर्तीपुरमा तालिम गरिएको हो ।

शनिबारबाट सुरु गरिएको तालिमको सोमबार एक कार्यक्रम गरि समापन गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मीनबहादुर सोती मगरको अध्यक्षता भएको समापन कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले आयआर्जन र उद्यमशीलता प्रवर्द्धन गर्नका लागि होमस्टे एउटा सशक्त माध्यम हुन सक्ने बताए । स्थानीय उत्पादनलाई बजारीकरण गर्न तथा देवचुलीको पर्यटकीय गन्तव्यको रुपमा रहेको देवचुली डाँडाको प्रवर्द्धनलाई होमस्टे संचालनले सहयोग पुग्ने उनले बताए । होमस्टे संचालनका लागि स्थानीयले चासो दिनुपर्ने र आवश्यक सहयोगका लागि नगरपालिकाले प्राथमिकता दिने उनले बताए । देवचुली- ६ का अध्यक्ष मीनबहादुर सोतीले होमस्टे संचालन गर्न वडा, नगर तथा सम्बन्धित निकायबाट सक्दो सहयोग गर्ने र यसको लागि स्थानीय सक्रिय भएर लाग्न अनुरोध गरे ।

तीन दिनसम्म संचालित तालिमको सहजीकरण होमस्टे महासंघको केन्द्रिय सदस्य चुडामणि पौडेल र होमस्टे महासंघ गण्डकी प्रदेशका अध्यक्ष धनिराम गुरौले गरे । समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा नगर उपप्रमुख पार्वता तिवारी, नगरप्रवक्ता तिलप्रसाद काफ्ले, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रमको संचालन देवचुली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटाले गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट