एथ्लेटिक्स मिटमा सिद्धिविनायक प्रथम

भरतपुर, १ पुस । भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा जारी नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिटमा सिद्धि विनायक प्रथम भएको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा ६० अंक प्राप्त गर्दै सिद्धिविनायकले प्रथम स्थान हासिल गरेको हो । सिद्धिविनायकले ६ स्वर्णसहित कुल १० पदक जित्यो । सिद्धिविनायकका लागि पुरुष ३ किलो मिटर र १५ सय मिटर दौडमा […]

देवचुलीमा होमस्टे व्यवस्थापन तथा उद्यमशीलता सम्बन्धि तालिम

देवचुली, २ पुस । देवचुलीमा होमस्टे व्यवस्थापन तथा उद्यमशीलता सम्बन्धि तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजनामा देवचुली- ६ किर्तीपुरमा तालिम गरिएको हो । शनिबारबाट सुरु गरिएको तालिमको सोमबार एक कार्यक्रम गरि समापन गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मीनबहादुर सोती मगरको अध्यक्षता भएको समापन कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख […]

बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्त समारोह सुरु

चितवन, २ पुस । बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्त समारोह भरतपुरमा सुरु भएको छ । नेपाल सितोरियो कराते संघको आयोजना र नेपाल सितोरियो कराते संघ बागमती प्रदेशको व्यवस्थापनमा भरतपुर कभर्ड हलमा सोमबारदेखि कार्यक्रम सुरु भएको हो । कार्यक्रम तीन दिनसम्म चल्नेछ । कार्यक्रमको बागमती प्रदेशका पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गरे […]

सुशासन सहित सरकार अघि बढेको छ : पुन

मकवानपुर, २ पुस । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सुशासन,  समृद्धि र सामाजिक न्यायकाे एजेन्डा सहित सरकार अघि बढिरहेकाे बताएका छन् । ‘प्रतिष्पर्धामा चलेको समय छ ।’ प्रेस सेन्टर नेपाल मकवानपुरले सोमबार हेटौंडामा गरेको पत्रकार भेटघाटमा बोल्दै उपमहासचिव पुनले भने – ‘हरेक कुरामा प्रतिष्पर्धा नगरी कल्याणकारी राज्यकाे परिकल्पनाका साथ अघि बढ्नुपर्छ ।’ उनले सरकार […]

जंगली हात्तीले घर भत्कायो

मकवानपुर, २ पुस । मकवानपुरको मनहरीमा जंगली हात्तीले घर भत्काएको छ । मनहरी गाउँपालिका ८ सिम्पानी स्थित टल्के चेपाङको घर जंगली हात्तीले भत्काएको हो । पुस १ गते राती हात्तीले चेपाङको ढुङ्गा र जस्ताले बनेको १ तले घर पूर्णरुपमा क्षति पुर्‍याएको मकवानपुर प्रहरीले जनाएको छ । यसैगरी उक्त हात्तीले स्थानीय रामबहादुर तामाङको गोठमा समेत आंशिक […]

नेपाल जेसीजको नेतृत्व नुवाकोटका रविनलाई

बुटवल, २ पुस । युवाहरुलाई नेतृत्व, व्यक्तित्व र उधमशीलतामार्फत सीप विकास गर्नको लागि १८ वर्षदेखि ४० वर्ष उमेर समूहका सक्रिय नागरिकहरुको गैर-लाभकारी स्वेच्छिक संस्था नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशन मंसिर २९ देखि पुस २ गते सम्म बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न भएको छ । वर्ष २०२४ का लागि जेसीआई नुवाकोटका सिनेटर रविन पोख्रेलले नेतृत्व सम्हाल्ने […]