जंगली हात्तीले घर भत्कायो

मकवानपुर, २ पुस ।
मकवानपुरको मनहरीमा जंगली हात्तीले घर भत्काएको छ । मनहरी गाउँपालिका ८ सिम्पानी स्थित टल्के चेपाङको घर जंगली हात्तीले भत्काएको हो ।

पुस १ गते राती हात्तीले चेपाङको ढुङ्गा र जस्ताले बनेको १ तले घर पूर्णरुपमा क्षति पुर्‍याएको मकवानपुर प्रहरीले जनाएको छ । यसैगरी उक्त हात्तीले स्थानीय रामबहादुर तामाङको गोठमा समेत आंशिक क्षति पुर्‍याएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी र पर्सा राष्ट्रिय निकुञ्जको नेपाली सेनाको टोलीले स्थानीय समेतको सहयोगमा हात्तीलाई जंगलतर्फ पठाइएको छ । प्रहरीका अनुसार कुनै मानवीय क्षती भएको छैन ।

(फाइल तस्बिर )

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट