नेपाल जेसीजको नेतृत्व नुवाकोटका रविनलाई

बुटवल, २ पुस ।
युवाहरुलाई नेतृत्व, व्यक्तित्व र उधमशीलतामार्फत सीप विकास गर्नको लागि १८ वर्षदेखि ४० वर्ष उमेर समूहका सक्रिय नागरिकहरुको गैर-लाभकारी स्वेच्छिक संस्था नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशन मंसिर २९ देखि पुस २ गते सम्म बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न भएको छ ।

वर्ष २०२४ का लागि जेसीआई नुवाकोटका सिनेटर रविन पोख्रेलले नेतृत्व सम्हाल्ने भएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक प्रभाव सृजना गर्न, नवीन विचार, सहकार्य र सकारात्मक योजनाहरुलाई आत्मसात गर्दै अगाडि बढाउने प्रतिबद्धता सहित उम्मेदवारी प्रस्तुत गरेका पोख्रेल ३ जना प्रतिद्वन्द्वीलाई पछि पार्दै भारी मतका साथ निर्वाचित हुन सफल भएका हुन् ।

नेपाल जेसीज वर्ष २०२४ का लागि राष्ट्रिय अध्यक्षका लागि पोख्रेलसँगै रजनी थापा (मनोहरा जेसीज), विजय गुरुङ (देवदह जेसीज) र रश्मि शिल्पकार (भक्तपुर लेडी जेसीज)को उम्मेदवारी रहेको थियो ।

पोख्रेल सानै उमेरदेखि सामाजिक सेवामा रुचि देखाउँदै र सेवामूलक कामहरु गर्दै आइरहेका छन् । उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघसंस्थाहरुमा समेत आवद्ध छन् ।

सन् २०१६ बाट जेसीज यात्रा सुरु गरेका पोख्रेलले सन् २०१८ मा राष्ट्रिय उपाध्यक्ष सन् २०१९ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सन् २०२० मा राष्ट्रिय अध्यक्षको प्रमुख कार्यकारी सहायक हुँदै विभिन्न कालखण्डमा नेपाल जेसीजको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, गोष्ठी, कार्यक्रमहरुमा सहभागी भइसकेका छन् ।

नेपाल जेसीज वर्ष २०२४ का लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा सिनेटर अनुप सुनुवार, राजाराम गौतम, भीमबहादुर कुँवर (राजु) र सिनेटर सन्दिप अग्रहरी भारी मतका साथ निर्वाचित हुन सफल भएका हुन् ।

त्यसैगरी नेपाल जेसीज वर्ष २०२४ का लागि राष्ट्रिय महासचिवमा सरोज अधिकारी, कानुनी सल्लाहकार सिनेटर नरेशचन्द्र ओझा र कोषाध्यक्षमा खेमराज थापा मनोनित हुन सफल भएका हुन् ।

नेपाल जेसीज वर्ष २०२४ का लागि राष्ट्रिय उपाध्यक्षमा अमर घिमिरे, सौरभ श्रेष्ठ, राजन शर्मा पौडेल, सीताकुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा र अच्युत उप्रेती (आयुष) भारी मतका साथ निर्वाचित हुन सफल भएका हुन् ।

नेपाल जेसीज वर्ष २०२४ का लागि राष्ट्रिय अध्यक्षमा ४ जना, कार्यकारिणी उपाध्यक्षमा ९ जना र उपाध्यक्षमा २२ जनाले उम्मेदवारी दिएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट