सहकारी बिना देशको आर्थिक विकास सम्भव छैन : अधिकारी

भरतपुर २६ मसिर ।
भरतपुर महानगरका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले सहकारी बिना देशको आर्थिक विकास सम्भव नभएको बताएका छन् । सहकारीहरु स्थापना भएका विश्वका विभिन्न मुलुकहरूमा आर्थिक क्रान्ति भएको उल्लेख गर्दै कार्यबाहक नगर प्रमुख अधिकारीले अर्थतन्त्रको वास्तविक मेरुदण्ड सहकारी क्षेत्र नै भएको टिप्पणी गरे ।

हंस बहुउद्देश्यीय सहकारी संस्थाको २०औँ साधारणसभा
तथा १४ औ वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई मंगलबार नारायणगढमा सम्बोधन गर्दै अधिकारीले राजनीतिमा जस्तै सहकारी क्षेत्रमा पनि खिचातानी हुँदा सहकारीहरु प्रतिको महत्त्व दिनप्रतिदिन खस्कँदै गएको तर्क  राखे ।

छिमेकी राष्ट्र भारत सहकारी कै कारण समृद्व हुँदै गएको उल्लेख गर्दै अधिकारीले सहकारी विकासोन्मुख देशको मात्र नभई विकसित देशको पनि अर्थ खम्बा भएको प्रष्ट पारे ।

कार्यक्रममा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले अध्यक्षको प्रतिवेदन, सचिव शारदा शर्मा पौडेलले सचिवको प्रतिवेदन र कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै गोविन्दप्रसाद पौडेलले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाबुराम अधिकारीले ऋण उपसमितिको प्रतिवेदन, देशबन्धु अधिकारीले शिक्षा उपसमितिको प्रतिवेदन र प्राडा होमनाथ सापकोटाले पदपूर्ति उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष केशव महर्जन, चितवन उद्योग संघका अध्यक्ष सुर्य न्यौपाने, जिल्ला सहकारी संघ चितवनका उपाध्यक्ष प्रेमनाथ दुवाडी, भरतपुर महानगरको सहकारी शाखा प्रमुख रोजी केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा जेष्ठ शेयर सदस्य सुनितादेवी गौतमलाई जेष्ठ शेयर सदस्य सम्मान र अविरल अधिकारीलाई खुत्रुके बचत सम्मानबाट सम्मानित गरिएको छ । त्यसैगरी उत्कृष्ट मासिक बचत, उत्कृष्ट मुद्दती बचतकर्ता, उत्कृष्ट दैनिक बचतकर्ता, उत्कृष्ट नारी बचतकर्ता र उत्कृष्ट बचतकर्ताबाट केही शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको छ ।

नेपालमा हाल ३१ हजार सहकारी संस्थाहरु सन्चालनमा रहेका छन् भने सरकारले १५ वटा सहकारी संस्थाहरुलाई समस्याग्रस्त सहकारीको सुचीमा राखेको छ ।

चितवनमा २०१३ साल चैत २० गते बखान सहकारी संस्थाको स्थापना भएदेखि नेपालमा सहकारीको स्थापना हुन थालेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट