भरतपुर, २४ मंसिर ।
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा भरतपुरको चौविसकोठीमा मानवअधिकार तथा शान्ति समाज चितवन शाखाले दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
दीप प्रज्ज्वलन कार्यक्रममा शान्ति समाजका संस्थापक सदस्य कृष्ण कंडेल, केन्द्रीय उपसभापति राजेन्द्र पौडेल, शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउत, मानवअधिकार संजाल चितवनका अध्यक्ष दीपक लामिछाने, काहुरास्ट नेपालका उपाध्यक्ष विनोदखण्ड तिमिल्सिना, शान्ति समाज चितवन शाखाका सचिव जीवन केसी, सदस्यहरु सुशील राना, राजेन्द्रप्रसाद वाग्ले, सुप्रिया सापकोटा, आजीवन सदस्य पूर्णचन्द्र चापागाईं, विश्वराज ढुंगाना, कमल कंडेल, कल्पना कंडेल, यमुना कंडेल, सुमी गौतम, सुवर्ण रेग्मी, कृति चौधरी, पल्लवी राउतलगायत अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।




