कोअपरेटिभ म्यानेजर्स क्लब चितवनको अध्यक्षमा युनिक बचतका लामिछाने निर्वाचित

भरतपुर, २४ मंसिर । चितवन जिल्लामा सञ्चालित सहकारी संस्थाहरुका व्यवस्थापकहरुको साझा संगठन कोअपरेटिभ म्यानेजर्स क्लव चितवन (सिएमसी) को प्रथम साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारणसभाले युनिक बचत तथा ऋण सहकारी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रेरणा बचतका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद सुवेदी, […]
हंस सहकारीको वार्षिक साधारणसभा अन्तर्गत जीतपुर सेवा केन्द्रको सभा सम्पन्न

भरतपुर, २४ मंसिर । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारणसभा अन्तर्गत जीतपुर सेवाकेन्द्रका सेयर सदस्यहरुको सभा सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर- २८ का वडाध्यक्ष डण्डपाणि रिजालको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा आइतबार भरतपुर-२८, जीतपुर, मेघौलीस्थित संस्थाको आफ्नै सभाहलमा साधारणसभा सम्पन्न भएको हो । संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले […]
मानवअधिकार दिवसका अवसरमा चितवनमा दीप प्रज्ज्वलन

भरतपुर, २४ मंसिर । ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा भरतपुरको चौविसकोठीमा मानवअधिकार तथा शान्ति समाज चितवन शाखाले दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ । दीप प्रज्ज्वलन कार्यक्रममा शान्ति समाजका संस्थापक सदस्य कृष्ण कंडेल, केन्द्रीय उपसभापति राजेन्द्र पौडेल, शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउत, मानवअधिकार संजाल चितवनका अध्यक्ष दीपक लामिछाने, काहुरास्ट नेपालका उपाध्यक्ष विनोदखण्ड […]
हंस बहुउद्देश्यीय सहकारीको २०औं वार्षिक साधारणसभा सुरु

भरतपुर, २४ मंसिर । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २०औं वार्षिक साधारणसभाको विजयनगर सेवाकेन्द्र अर्न्तगतका शेयर सदस्यहरूको इकाइ वैठक शनिबार सम्पन्न गरेको छ । नारायणघाट, जितपुर मेघौली र विजयनगरमा सेवा केन्द्र सञ्चालन गरेको सहकारीले इकाइ बैठक गर्दै साधारणसभाको सुरूवात गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर–१६ का वडाध्यक्ष अमृतराज हमालले हंसले आर्थिक […]
ग्रीनल्याण्डमा पिबिएल् मेलाको तयारी पूरा

भरतपुर, २४ मंसिर । भरतपुर- १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा प्रथम पिबिएल् (प्रोजेक्ट बेस्ड लर्निङ) मेला आयोजना हुने भएको छ । स्कुलको आयोजनामा यही मंसिर २६ गते मंगलबार विद्यालय परिसरमा मेला हुँदै छ । स्कुल परिसरमा हुने पिबिएल् मेला चितवनमै पहिलोपटक हुन लागेको स्कुलले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । मेलामा विद्यार्थीहरुले प्रोजेक्ट […]
ध्वनी प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण
मकवानपुर, २४ मंसिर । मकवानपुरमा ध्वनी प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गराईएको छ । जनसरोकार केन्द्र मकवानपुरले आइतबार प्रमुख जिल्ला अधिकारीलाई ध्वनी प्रदुषण नियन्त्रणका लागि ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको हो । जनसरोकार केन्द्र मकवानपुर संयोजक ध्रुवप्रसाद चौलागाईले प्रजिअ सूर्यप्रसाद सेढाईँलाई ज्ञापनपत्र बुझाउँदै बढ्दो ध्वनी प्रदुषण नियन्त्रण गर्न आग्रह गरे । ध्वनी प्रदुषणका कारण मकवानपुरका नागरिक समस्यामा पर्दै […]
माडीमा बोलेरो र मोटरसाइकल दुर्घटना: शिक्षक र लेखापालको मृत्यु

भरतपुर, २४ मंसिर । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । […]
चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको अध्यक्षमा डाक्टर लामिछाने

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको भ्रातृसंगठन चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको अध्यक्षमा डा. हेमराज लामिछाने निर्वाचित भएका छन् । सङ्गमको शनिबार काठमाडौँमा सम्पन्न ३३औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनले डा. लामिछानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष बालचन्द्र आचार्य, उपाध्यक्ष डा. रामकृष्ण रेग्मी, महासचिव सुशील श्रेष्ठ, सचिव इन्दिरा भट्ट […]