हंस बहुउद्देश्यीय सहकारीको २०औं वार्षिक साधारणसभा सुरु

भरतपुर, २४ मंसिर ।
हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २०औं वार्षिक साधारणसभाको विजयनगर सेवाकेन्द्र अर्न्तगतका शेयर सदस्यहरूको इकाइ वैठक शनिबार सम्पन्न गरेको छ । नारायणघाट, जितपुर मेघौली र विजयनगरमा सेवा केन्द्र सञ्चालन गरेको सहकारीले इकाइ बैठक गर्दै साधारणसभाको सुरूवात गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर–१६ का वडाध्यक्ष अमृतराज हमालले हंसले आर्थिक कारोबारका साथै सामाजिक सेवाका कार्य र उत्पादनका क्षेत्रमा समेत लगानी गरी राज्यलाई सहयोग पुर्‍याउँदै आएकोमा प्रशंसा गरेका थिए । प्रमुख अतिथि हमालले करिव १० वर्ष अघि विजयनगरमा सेवाकेन्द्र स्थापना गरेको हंस सहकारीले स्थानीयको मन जित्न सकेको बताउँदै भरतपुर- १६ र आसपासका मानिसहरुले हंस सहकारीलाई विश्वास गर्ने अवस्था सृजना भएको बताए ।

संस्थाका अध्यक्ष दिनेशकुमार चुकेले सहकारीमा धेरै रकम रहेकाले यसको सहि सदुपयोग गर्नुपर्ने बताए। उनले सहकारीले बचत तथा ऋण मात्रै भन्दा पनि अन्य आयमुलक बहुउदेश्यीय कार्यक्रममा जोड दिएको बताए । उनले हंस सहकारीले गर्दा विजयनगरमा उद्यमशीलता र आयआर्जनको वातावरण सृजना भएको बताउँदै सहकारीमा ढुक्क भएर कारोवार गर्न स्थानीयलाई आग्रह गरे । संस्था समुदायबाट अलग रहन नसक्ने भन्दै उनले समुदायको सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा पनि काम गर्दै आएको उनले जानकारी दिए । संस्थाले नाफाको केही प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्दै आएको उनले बताए । संस्थाको उदेश्य नाफा मात्र कमाउनु नरहेको भन्दै उनले सदस्यहरुको दुःख सुखको साथी बन्न पाउनु नै मुख्य उपलब्धी रहेको र संस्थाले कति नाफा कमायो भन्दा पनि सदस्यलाई कति सेवा दिन सकियो यो महत्वपूर्ण भएको बताए ।

२०५६ सालमा स्थापना भइ निस्कृय रूपमा रहेको सहकारीलाई २०६७ सालमा १५३ जना शेयर सदस्यहरूको सहभागिता जुटाइ सञ्चालक समसतिको नेतृत्वले यसलाइ सञ्चालनमा ल्याइको सहकारीका सचिव शारदा शर्मा पौडेलले बताइन् । हाल संस्थामा ४ हजार ६ सय २७ जना शेयर सदस्यहरू रहेको र हाल संस्थामा चुक्ता पुँजी १० करोड २३ लाख ७८ हजार, जगेडा कोष ५ करोड ९२ लाख ५५ हजार, कुल सम्पती (बासलात) ८६ करोड ८८ लाख ७९ हजार, कुल निक्षेप ६० करोड ८४ लाख २० हजार, कुल लगानीमा रहेको ऋण ६२ करोड ७२ लाख २२ हजार, कुल शेयर लगानी २१ लाख ६७ हजार, कुल आय १२ करोड ०१ लाख ६९ हजार, कुल व्यव ९ करोड ८ लाख ४४ हजार, कुल सञ्चालन मुनाफा २ करोड ९३ लाख २५ हजार रहेको सहकारीका व्यवस्थापक नारायण सापकोटाले जानकारी दिए । त्यसैगरी संस्थाको नाममा बेलचोक नारायणघाटमा जमिन, जितपुर मेघैलीमा भवन सहितको जमिन साथै नारायणघाटमा अर्को र विजयनगरमा भवन सहितको जमिन र सेवा केन्द्रहरु रहेको उनले बताए ।

कार्यक्रममा संस्थाको १४ औं वाषिकोत्सवको अवसरमा विभिन्न विधामा उत्कृष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा उत्कृष्ट मासिक वचतकर्ताहरू भीमप्रसाद सापकोटा, शेषकान्त ज्ञवाली, फुलकुमारी महतो, उत्कृष्ट आवधिक बचतकर्ताहरू बिष्णुमाया गुरूङ, झलकराज पौडेल, उत्कृष्ट दैनिक बचतकर्ता देवीमाया गिरी उत्कृष्ट नारी बचतकर्ताहरू जीवनकुमारी महतो, प्रितिमाया गुरूङ, उत्कृष्ट जेष्ठ नागरिक बचतकर्ताहरू मुक्तीप्रसाद ओझा, सिउराज महतो, उत्कृष्ट दैनिक बचतकर्ताहरू प्रेमबहादुर थारू, अजय चौधरी तथा उत्कृष्ट संस्थागत बचतकर्ता विजयनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, उत्कृष्ट खुत्रुके बचतकर्ताहरू विनिता चौधरी, मधुसुदन दवाडी, उत्कृष्ट बाल बचतकर्ता हेन्सल महतो, उत्कृष्ट ऋणीहरू तेजमाया घले, बुद्धिबहादुर विक, दिलबहादुर विक र धर्मराज महतोलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने लेखा समितिका संयोजक गोविन्द पौडेल, हंस बहुउदेश्यीय सहकारी संस्था विजयनगर सेवाकेन्द्रका संयोजक ध्रुवकुमार ओझा, विजयनगर बजार व्यवस्थापन समितिका अध्यक्ष कुवेर पाख्रिन, विजय टोल विकास संस्थाका अध्यक्ष हरिश्चन्द्र लामिछानेलगायतले मन्तव्य राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट