कला मन्दिरमा भरतनाट्यम कार्यशाला हुँदै

भरतपुर, २२ मंसिर ।
नारायणी कला मन्दिर र नृत्य निर्देशक संघ नेपाल, चितवन शाखाको संयुक्त आयोजनामा भरतनाट्यम कार्यशाला हुने भएको छ । मंसिर २४ देखि २९ गतेसम्म नारायणी कला मन्दिरमा कार्यशाला हुनेछ ।

कार्यशालाबारे जानकारी दिन शुक्रबार कला मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कार्यशालामा भरतनाट्यमको सैध्दान्तिक, प्रयोगात्मक र प्राविधिक पक्षबारे छलफल हुनेछ ।

पत्रकार सम्मेलनमा कला मन्दिरका अमर प्रधान, रोहित श्रेष्ठ, पुष्प श्रेष्ठलगायतले कार्यशालाबारे जानकारी दिएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट