नेपाल चलचित्र संघले बागमती प्रदेश सरकारलाई बुझायो ज्ञापनपत्र

मकवानपुर, २२ मंसिर । नेपाल चलचित्र संघले बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएकाे छ । संघले बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठलाई मनोरञ्जन कर समायोजन सम्बन्धी ज्ञापनपत्र बुझाएकाे हाे । शुक्रबार मन्त्रालयमा संघका महासचिव नरेन्द्र महर्जन, निर्माता तथा कलाकार दीपकराज गिरी, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायत चलचित्रकर्मीहरुले मन्त्री श्रेष्ठलाई पत्र […]
कला मन्दिरमा भरतनाट्यम कार्यशाला हुँदै

भरतपुर, २२ मंसिर । नारायणी कला मन्दिर र नृत्य निर्देशक संघ नेपाल, चितवन शाखाको संयुक्त आयोजनामा भरतनाट्यम कार्यशाला हुने भएको छ । मंसिर २४ देखि २९ गतेसम्म नारायणी कला मन्दिरमा कार्यशाला हुनेछ । कार्यशालाबारे जानकारी दिन शुक्रबार कला मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कार्यशालामा भरतनाट्यमको सैध्दान्तिक, प्रयोगात्मक र […]
हेटौंडामा बसको ठक्करले १ जनाको मृत्यु

मकवानपुर, २२ मंसिर । मकवानपुरकाे हेटौंडामा बसले माेटरसाइकललाई ठक्कर दिँदा १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बारा जितपुर सिमरा उपमहानगरपालिका १२ बस्ने ३२ वर्षीया निशा कुमारी रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । शुक्रबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट भरतपुरतर्फ जान आउदै गरेको ना ४ ख ९५२० नम्बरको बसले […]
युवा संघ गण्डकी प्रदेश इन्चार्जमा पर्वतका पौडेल

पोखरा, २२ मंसिर । राष्ट्रिय युवा संघ नेपालको गण्डकी प्रदेश ईन्चार्जको जिम्मेवारी पर्वतका अर्जुन पौडेल ‘निर्जन’ ले पाएका छन् । पौडेलसँग यसअघि युवा संघको वडा पालिका जिल्ला अञ्चल प्रदेश हुँदै केन्द्रीय सदस्य बनेर एक कार्यकाल सहइन्चार्जको जिम्मेवारी सम्हालेको अनुभव छ । २०५४ अनेरास्ववियुको सदस्यताबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी २०५८ मा अनेरास्ववियु जिल्ला कमिटी सदस्य, […]
दियालो बंगला सबैका लागि खुल्दै, के छ खास ?
भरतपुर, २२ मंसिर । भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बंगला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ । नेपाल ट्रष्टको बुधबार बसेको ७८ औँ सञ्चालक समितिको बैठकले दियालो बंगला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका सदस्य देवीचन्द्र उपाध्यायका अनुसार यसको सञ्चालनका सम्बन्धमा अर्को बैठकमा निर्णय गरिँदै छ । […]
किसान सहकारी रजहर शाखाबाट ६ लाख ३५ हजार रुपैयाँ चोरी
देवचुली, २२ मंसिर । देवचुली नगरपालिका वडा नम्बर- १६ मा रहेको किसान बचत तथा ऋण सहकारीको शाखा कार्यालयमा चोरी भएको छ । गए राति सेफमा राखिएको ६ लाख ३५ हजार ६ सय ५५ रुपैयाँ चोरी भएको हो । शुक्रबार बिहान कार्यालयको ताला फोडिएको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । कार्यालयको ताला फोरेर कार्यालय […]
मनहरी स्वास्थ्य केन्द्रबाट एक्स-रे सेवा सुरु

मकवानपुर, २२ मंसिर । मकवानपुरको मनहरी गाउँपालिकाले ग्रामीण अल्ट्रासाउन्ड(एक्स-रे) सेवा सुरु गरेको छ । पालिकाले गर्भवती महिला लक्षित कार्यक्रम अन्तर्गत अल्ट्रासाउन्ड मेसिन खरिद गरी सेवा सञ्चालन गरेको हो । गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्वास्थ्य शाखालाई भिडियो एक्स-रे मेशिन हस्तान्तरण गरेसँगै सेवा सञ्चालन गरिएको बताए । ‘गर्भवती अवस्थामा आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्न भिडियो एक्सरे […]
गुरुकुलमा `उद्यमशीलता किन ?´ अन्तरक्रियात्मक कार्यक्रम

भरतपुर, २२ मंसिर । भरतपुर महानगरपालिका- ९ मा रहेको गुरुकुल माविले शैक्षिक क्रियाकलापका अतिरिक्त अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आइर्हेको छ । यसैक्रममा `उद्यमशीलता किन ?´ विषयमा अन्तरक्रिया गरिएको छ । उक्त कार्यक्रममा भरतपुरको बोस्टन बिआइसी स्टार्टअप्स प्रमुख र उद्यमशीलता विषयका प्राध्यापक प्रेमनाथ गैरेले विषयविज्ञका रुपमा सहजीकरण गरेका छन् । विद्यार्थीहरूलाई पढाइका अतिरिक्त विविध क्रियाकलापहरूमा पनि […]