किसान सहकारी रजहर शाखाबाट ६ लाख ३५ हजार रुपैयाँ चोरी

देवचुली, २२ मंसिर ।
देवचुली नगरपालिका वडा नम्बर- १६ मा रहेको किसान बचत तथा ऋण सहकारीको शाखा कार्यालयमा चोरी भएको छ । गए राति सेफमा राखिएको ६ लाख ३५ हजार ६ सय ५५ रुपैयाँ चोरी भएको हो । शुक्रबार बिहान कार्यालयको ताला फोडिएको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

कार्यालयको ताला फोरेर कार्यालय भित्र रहेको सेफ फोरिएको पाईएको इलाका प्रहरी कार्यालय रजहरका प्रमुख कमल परियारले जानकारी दिए । ‘जुन ठाउँमा सेफ राखिएको छ त्यो ठाउँबाट पैसा झिकिएको पाईएको छ’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भैरहेको छ ।’सहकारीमा बुझ्दा सेफमा ६ लाख ३५ हजार ६ सय ५५ रुपैयाँ रहेको उनले बताए । चोरले एउटा सिसि क्यामरा पनि चोरेको प्रहरीले जानकारी दिएको छ ।

गए राती नै रजहरमा रहेको बिकु बचत तथा ऋण सहकारीको शाखा कार्यालयमा समेत चोरी प्रयास गरेको र सेफमा पैसा नभएकाले कुनै पनि आर्थिक क्षति नभएको तर १ वटा सिसि क्यामरा चोरी भएको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट