गुरुकुलमा `उद्यमशीलता किन ?´ अन्तरक्रियात्मक कार्यक्रम

भरतपुर, २२ मंसिर ।
भरतपुर महानगरपालिका- ९ मा रहेको गुरुकुल माविले शैक्षिक क्रियाकलापका अतिरिक्त अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आइर्हेको छ । यसैक्रममा `उद्यमशीलता किन ?´ विषयमा अन्तरक्रिया गरिएको छ । उक्त कार्यक्रममा भरतपुरको बोस्टन बिआइसी स्टार्टअप्स प्रमुख र उद्यमशीलता विषयका प्राध्यापक प्रेमनाथ गैरेले विषयविज्ञका रुपमा सहजीकरण गरेका छन् ।

विद्यार्थीहरूलाई पढाइका अतिरिक्त विविध क्रियाकलापहरूमा पनि समावेश गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा ११ मा अध्ययनरत करिब १२० जना विद्यार्थी सहभागी थिए ।

कार्यक्रममा उद्यमशीलताको विषयमा मुख्यतया तीनवटा सन्दर्भमा चर्चा गरिएको थियो । उद्यमशीलता भनेको के हो ? उद्यमशीलताको विश्वपरिवेश एवम् नेपालको परिवेशका केही दृष्टान्तहरु र उद्यमशीलता विषयमा किन चासो राख्ने ? भन्ने विषयमा गहन छलफल भएको थियो ।

उद्यमशीलता किन भन्ने विषयमा विद्यार्थीहरुलाई उद्यम कसरी सुरु गर्ने भन्ने ज्ञान र सिप सिक्न, नवउद्यमको व्यवसायिक योजना कसरी बनाउने, व्यवसाय दर्ता कसरी गर्ने, आफ्नो व्यवसाय लगानीकर्ता माझ कसरी प्रस्तुत गर्ने, बिउ-पुँजी कहाँकहाँबाट प्राप्त गर्न सकिन्छ, उद्यमीहरुले के-कस्ता कार्यक्रममा भाग लिएर अगाडि बढ्न सक्छन् लगायतका विषयमा छलफल भएको थियो । उद्यमशीलतामा लाग्दा उद्यमीहरूलाई के कस्ता फाइदाहरु हुन्छन् भन्ने कुरामा कार्यक्रम केन्द्रित थियो ।

व्यवस्थापन सङ्काय दिवासत्र प्रमुख सुशील रेग्मीले सञ्चालन गरेको कार्यक्रममा पूर्वसहप्राचार्य जेएन लामिछाने र गणित विषयप्रमुख विनोदखण्ड तिमिल्सिनाको उपस्तिथि थियो । कक्षा ११ का कक्षा प्रतिनिधिबाट विज्ञ प्रेम गैरेलाई मायाको चिनो प्रदान गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट