मकवानपुर, २२ मंसिर ।
मकवानपुरकाे हेटौंडामा बसले माेटरसाइकललाई ठक्कर दिँदा १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बारा जितपुर सिमरा उपमहानगरपालिका १२ बस्ने ३२ वर्षीया निशा कुमारी रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
शुक्रबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेस्थित पूर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट भरतपुरतर्फ जान आउदै गरेको ना ४ ख ९५२० नम्बरको बसले सोही दिशा तर्फ आउँदै गरेको ना ५३ प ८५२७ नम्बरकाे मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएकाे हाे ।
दुर्घटनामा मोटरसाइकल चालक बारा जितपुर सिमरा १२ बस्ने ४३ वर्षीय रोशनकुमार राय तथा रायकी श्रीमती निशा कुमारी घाइते भएका थिए । उनीहरुलाई उपचारकाे लागि हेटौँडा अस्पताल ल्याइएकाेमा शुक्रबार बिहान डाक्टरले निशा कुमारीकाे मृत्यु भएकाे घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । दुर्घटना भएकाे मोटरसाइकल बस तथा बस चालक प्रहरी चौकी रातोमाटेको नियन्त्रणमा रहेकाे छ ।





