स्वास्थ्य र शिक्षामा प्राथमिकता दिन चेपाङ अगुवाको आग्रह

मकवानपुर, २० मंसिर ।
मकवानपुरको मनहरी गाउँपालिका र चेपाङ समुदाय वीच अन्तरक्रिया गरिएकाे छ । अन्तरक्रियामा चेपाङ अगुवाहरुले स्वास्थ्य र शिक्षामा प्राथमिकता दिन गाउँपालिकालाई आग्रह गरेका छन् ।

चेपाङ समुदायका अगुवाहरुले विकास निर्माणका कार्यहरुमा सो समुदायलाई समेट्नु पर्ने माग गरेका छन् । चेपाङलाई रोजगारीको व्यवस्था गरी आत्मनिर्भर बनाउन पनि उनीहरुले अनुरोध गरे ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङले आफ्नो कार्यकालमा चेपाङ जातिका लागि उल्लेखनीय काम गरेको दाबी गरे । हालसम्म १ अर्ब ६० करोड लगानी गरी चेपाङ समुदायको लागि स्तरोन्नतिका कार्यक्रमहरु ल्याइएको उनले दाबी गरे ।

गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले चेपाङ समुदाय लक्षित बजेट निर्माणका लागि सबैको सल्लाह अनुसार अघि बढ्ने बताए । सीमान्तकृत चेपाङ समुदायको नि:शुल्क शिक्षा र स्वास्थ्यका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउँदै आवश्यकता अनुसार वडा कार्यालयको सिफारिस अनुसार सेवा लिन आग्रह गरे ।

कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगर, वडा नम्बर ४ का वडाअध्यक्ष प्रकास थापा, वडा नम्बर १ का वडाअध्यक्ष शिव खनाल र वडा नम्बर ३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्याल, सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल तथा चेपाङ समुदायका अग्रज व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

आदीवासी जनजाति समुह मकवानपुरको सहजीकरण र गाउँपालिकाको आयोजनामा अन्तरक्रिया भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट