२७औँ वार्षिकोत्सवमा गुरुकुलका विद्यार्थीले फुड फेस्टिबल गर्दै

भरतपुर, १६ मंसिर ।
गुरुकुल माविको २७औँ वार्षिकोत्सवका अवसरमा फुड फेस्टिवल हुने भएको छ । व्यवस्थापन सङ्काय १२ कक्षामा अध्यनरत विद्यार्थीहरूबाट मंसिर १७ गते आइतबार रिअल मार्केटिङ प्रोजेक्ट वोर्क तथा फूड फेस्टिबल हुन गइरहेको व्यवस्थापन दिवा संकाय संयोजक सुशील रेग्मीले दिए ।

रिअल मार्केटिङ प्रोजेक्ट वोर्क तथा फुड फेस्टिबल जसलाई उन्नयन भनेर नामकरण गरिएको छ । हरेक वार्षिकोत्सवको अवसर पारेर कक्षा १२ मा अध्ययनरत विद्यार्थीहररूले हरेक वर्ष फुड फेस्टिवल आयोजना गर्ने गरेको निमित्त प्राचार्य प्रतीक ढकालले बताए ।

विद्यार्थीहरू आफैले विभिन्न थोक बिक्रेताहररूसँग सम्पर्क गरेर प्रोडक्ट बिक्री गर्नुका साथै होटेल व्यवस्थापनमा अध्ययनरत विद्यार्थीहरूले फुड फेस्टिबल गर्नेछन् । मोमो, ससेस, फिङगर चिप्सय, कुल्फी, पपकर्न, आइसक्रिम , चिया र कफी का परिकार उनीहररू आफैले बनाएर बिक्री गर्नेछन् । यस्ता रचनात्मक र व्यवहारिक कार्यक्रमबाट विद्यार्थी प्रत्यक्ष रुपमा समाजसँग जोडिने र यसले आत्मनिर्भर हुन प्रेरित गर्ने विश्वास लिएको कुरा शैक्षिक निर्देशक सिर्जन अविरलले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट