भरतपुर, १५ मंसिर ।
पुर्बेली समाज चितवनको मुख्य संयोजन र युवा रेडक्रस सर्कल रामपुर तथा पुर्बेली विद्यार्थी संगमको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पुर्बेली समाज चितवनका अध्यक्ष तेजप्रसाद चुडालको सभापतित्व तथा कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरकी रजिस्ट्रार प्रा.डा. शारदा थपलियाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विश्वविद्यालयका डिन अर्जुनकुमार श्रेष्ठ, समाजका सचिव पदम अर्याललगायत ५१ जना रक्तदाताले रक्तदान गरेका थिए ।
कार्यक्रममा समाजका सल्लाहकार डा तिलचन्द्र भट्टराई, डिकबहादुर गुरुङ, यम शर्मा, डिआर पोखरेल, डा निराजन भट्टराई तथा रेडक्रस शाखा नारायणगढका सभापति राजकुमार गुप्ताको उपस्थिति रहेको थियो ।
चितवनमा हाल रक्त अभाव भईरहेको सन्दर्भमा ५१ जना रक्तदाताबाट रक्त सङ्कलन हुनु खुसीको वियष भएको समाजका सचिव पदम अर्यालले बताए ।





