अभागी प्रचण्ड !

झट्ट सुन्दा यो शब्द नराम्रो लाग्न सक्छ तर यथार्थ यही हो । जस्ले यो व्यवस्था ल्याउनको लागि के के चाहिँ गरेनन् । जब जनयुद्ध सुरु भयो तब प्रचण्ड भन्ने नाम सुनिन थाल्यो ।

करिब १० वर्षसम्म जनयुद्ध चल्यो । अनि राज्य पक्ष बाट १२ हजार र तत्कालिक माओवादीबाट ५ हजार ले सहादात प्राप्त गरे तर १७ हजार प्रचण्डको टाउकोमा भिराइन्छ । एक किसानको छोरा प्रचण्डले १२ बुँदे सहमति गरेर शान्तिको बाटो रोजे । अनि दलित, उत्पीडित, जनजाति, मधेसी, गरिब, किसान र मजदुरको पक्षमा प्रचण्डले बोल्न थाले र अधिकार ल्याए । राजाको छोरा राजा भएर यो देशको प्रमुख हो भन्ने व्यवस्था हटाएर जनताको छोरा, किसानको छोरा, महिला जोपनि देशको प्रमुख (रास्ट्रपति) हुने व्यवस्था ल्याए । जब आफ्नैले पनि सहयोग गर्न छाडे (क.लालध्वज,
क.किरण, क.बिप्लब, क.अहुति, क. सि.पि. गजुरेल, क. गोपाल किराँती) र एक्लै यो व्यवस्था जोगाउनतर्फ लागे । तर ती भाइहरु सबैभन्दा खेदो प्रचण्ड कै खन्न थाले । सबैभन्दा ठूलो आरोप प्रचण्डलाई परिवारवादको लाग्छ ।

तर सतप्रतिशत त्यस्तो होइन । प्रचण्डका सबै परिवार जनयुद्धमा होमिएका थिए । माइली छोरि रेनु दाहल (भरतपुर महानगर प्रमुख) आफ्नो पढाई छाडी जनयुद्धमा लगिन् । बुहारी बिना मगर जनयुद्धपछि स्वबियु सभापति पनि भइन् । सायद यी चेलीहरु सुप्रीमोसँग नजोडिएको भए अझै माथि पुग्न सक्थे ।

प्रचण्ड जस्का लागि लडे उसैले माओवादीलाई भोट हाल्दैनन् । प्रचण्डले मधेस र पहाडी एक हो भने तर फाइदा अरुले नै उठायो । दलित पनि समान हो, महिला समान हो भने र सबै ठाँउमा अधिकार ल्याए तर उसैले प्रचण्ड मानेनन् । त्यसैले अभागी हुन प्रचण्ड ।

आज युवाहरुले सबैभन्दा धेरै गाली गर्ने नेता प्रचण्ड नै हुन । तर ती युवाहरुलाई यति पनि थाहा छैन कि त्यसरी खुलेआम बोल्न पाउने अधिकार प्रचण्डले गर्दा नै आएको हो । यो सुन्दर फुलको बगैंचामा बालेन, हर्क, रबि जस्ता फूलहरु फुले । सायद यो देशमा माओवादी नभएको भए बालेनलाई पहाडीले मधेसी भनेर अपमान गर्थे होला । हर्कलाई जनजाती भनेर कि भारी बोक्न कि फौजमा जा भन्थे होला । रबि बिदेशमै हुन्थे होला ।

आज आफूले परिकल्पना गरेको व्यवस्थामा देश हिँडेको छैन । उनी गल्ती भयो भने स्विकार्ने, सत्य बोल्ने नेता पनि हुन् । उनले नै भनेका छन् यो संविधान जताबाट पढ्दा नि प्रचण्ड नै देखिन्छ र कतिपय उच्चबर्ग जो राजालाई पुजेर खाइरहेका थिए, उनीहरुलाई यो व्यवस्था मन परेको छैन । त्यसैले संविधान उल्टाउन चाहन्छन् ।
यो संविधान जोगाउनका लागि, एकपटक आर्थिक क्रान्तिका निम्ति पनि अभागी प्रचण्डलाई प्रधानमन्त्री बनाऔं र उनले सोचेको जस्तो देश बन्ने छ । यदि बनाएनन् भने म पनि भन्नेछु : NO NOT AGAIN.

(लेखक घिमिरे एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवनका सदस्य हुन् ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट