सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौँ, २६ साउन ।

पाँचदलीय सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको खाका बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।बैठकमा गठबन्धनलाई चुनावी तालमेलका साथै संविधान कार्यान्वयन र जनजीविकाका विषय सम्बोधनमा समेत कार्य गर्ने गरी अघि बढाउनुपर्नेलगायत विषयमा छलफल हुने कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्षनेताहरूलाई बुझाउनेछ ।

यसअघि बसेको गठबन्धनका शीर्षनेताको बैठकले पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय उक्त कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ भने नेकपा माओवादी केन्द्रबाट नेताहरू वर्षमान पुन र देव गुरुङ हुनुहुन्छ ।

यसैगरी नेकपा ९एकीकृत समाजवादी०बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुनुुहुन्छ । यही साउन २३ गते बसेको पहिलो बैठकले कार्यदलको संयोजकमा कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई चयन गरेको थियो ।रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट