भरतपुर, ११ असार ।
गायिकाद्वय स्वस्तिका ढकाल र एलिना चौहानको स्वरमा रहेको “भो माया चाहिँदैन” बोलको तीज गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो शनिबार साँझ नेपमेलोको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतमा शब्द राजेन्द्र थापाको रहेको छ भने समीर आचार्यले लय सङ्कलन गरेका छन् । करिब साढे पाँच मिनेट लामो गीति भिडियोमा कविता न्यौपाने र गीता ढुंगानाको नृत्य तथा अभिनय रहेको छ । भिडियोको निर्देशन भने गम्भीर विष्टले गरेका हुन् ।
मायाको विषयमा आधुनिक र परम्परागत विचार राख्ने दुई युवतीबीचको कुराकानीलाई गीतको मुख्य विषयवस्तु बनाइएको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्:




