स्वस्तिका र एलिनाको तीज गीत सार्वजनिक

भरतपुर, ११ असार । गायिकाद्वय स्वस्तिका ढकाल र एलिना चौहानको स्वरमा रहेको “भो माया चाहिँदैन” बोलको तीज गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो शनिबार साँझ नेपमेलोको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा शब्द राजेन्द्र थापाको रहेको छ भने समीर आचार्यले लय सङ्कलन गरेका छन् । करिब साढे पाँच मिनेट लामो गीति भिडियोमा […]

काठमाडौँ आइपुगे भारतीय नवनियुक्त राजदूत

काठमाडौँ, ११ असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका छन् । करियर कूटनीतिज्ञ श्रीवास्तव आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ आएका छन्। काठमाडौँ आउनुअघि उनी नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए । उनले पूर्वी लद्दाख सीमा विवादबारे […]

नेपाल प्रहरी र परिवारलाई चितवन मेडिकल कलेजमा २५ प्रतिशत छुट

भरतपुर, ११ असार । नेपाल प्रहरी श्रीमती सङ्घ र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)बीच सम्झौता भएको छ । नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरीका परिवारका सदस्यलाई अस्पतालमा २५ प्रतिशत छुटसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक प्रा डा दयाराम लम्साल र सङ्घका तर्फबाट अध्यक्ष कुसुमलता सिंहले हस्ताक्षर गरेकी छिन् । प्रहरी वरिष्ठ […]

जेष्ठ नागरिकलाई घरघरमा भत्ता पुर्‍याउने प्रक्रिया अगाडि बढाएका छौँ : मन्त्री रेग्मी

भरतपुर, ११ असार । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले जेष्ठ, अशक्त र ओछ्यानमा परेका नागरिकलाई घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता दिनका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको बताएकी छन् । शनिबार भरतपुरमा नमुना कल्याणकारी आश्रमले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रेग्मीले भत्ता लिन जान नसक्ने जेष्ठ नागरिकलाई घरमा नै […]

सहकारी अभियानलाई प्रभावकारी बनाउन माग

भरतपुर, ११ असार । सहकारी अभियानलाई प्रभावकारी बनाउन चितवनका सहकारी संचालकले प्रदेश सरकारसँग माग गरेका छन् । सहकारी अनुगमनको संयन्त्र बनाएर त्यसको माध्यमबाट सहकारीको समस्या , चुनौती र समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । बागमती प्रदेश सहकारी विकास बोर्डले आयोजना गरेको जिल्ला स्तरीय सहकारी गोष्ठीमा सहभागी जिल्लाका बिषयगत सहकारी संघले समस्या र गुनासो […]

राष्ट्रपति रनिङ शिल्डमा कराँतेतर्फ प्रगति पहिलाे

भरतपुर, ११ असार राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत भरतपुर महानगरमा सञ्चालित कराँतेतर्फ प्रगति शिक्षा सदन पहिलाे भएकाे छ । भरतपुरमा ३ दिनसम्म चलेकाे प्रतियोगितामा भरतपुर-१५ काे प्रगतिले ५ पदक जित्दै पहिलाे स्थान हात पारेकाे हाे । एक स्वर्ण, २ कांस्य र २ रजत जितेकाे हाे । कुल पदक संख्या समान भए पनि विश्वप्रकाश माध्यमिक […]

`झुमर´ लिएर आइन् सिम्रन

गैंडाकोट, ११ असार । युवा आख्यानकार सिम्रन क्षेत्रीको उपन्यास `झुमर´ विमोचन भएको छ । झुमरलाई प्रमुख अतिथि एलबी क्षेत्री, समीक्षक भूपिन, लक्ष्मी बराल, सभापति शिरिषा सापकोटा, लेखकका ससुराबुवा इन्द्रजीत पराजुली, हजुरबुवा तुलबहादुर थापालगायतले विमोचन गरेका हुन् । सम्पूर्ण किताबको आयोजनामा नारायणी रिसोर्टमा आयोजित कार्यक्रमलाई सम्पूर्ण किताबका संचालक शिरिषा सापकोटाले अध्यक्षता गरेकी थिइन् । झुमर नारी […]