सहकारी अभियानलाई प्रभावकारी बनाउन माग

भरतपुर, ११ असार ।
सहकारी अभियानलाई प्रभावकारी बनाउन चितवनका सहकारी संचालकले प्रदेश सरकारसँग माग गरेका छन् ।

सहकारी अनुगमनको संयन्त्र बनाएर त्यसको माध्यमबाट सहकारीको समस्या , चुनौती र समाधानका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । बागमती प्रदेश सहकारी विकास बोर्डले आयोजना गरेको जिल्ला स्तरीय सहकारी गोष्ठीमा सहभागी जिल्लाका बिषयगत सहकारी संघले समस्या र गुनासो राखेका थिए । विभिन्न सात वटा बस्तुगत सहकारी संघले सहकारी कर्जा सूचना केन्द्रको माग गरेका छन् । त्यस्तै एक सहकारी एक उत्पादन, सहकारी एकीकरण प्रभावकारिता बनाउन माग गरे ।

कार्यक्रममा बागमती प्रदेश सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले सहकारीलाई उत्पादनमा जोड दिन आग्रह गरेका छन् । उनीहरुले सहकारी भ्रमण प्रभावकारी नहुँदा फजुल खर्च मात्रै भएको गुनासो गरेका थिए ।

सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण देवकोटा र मन्त्रालयका रजिस्ट्रार नारायणप्रसाद ज्ञवालीले मन्त्रालय अन्तरगत भएका गतिविधि बारे जानकारी गराए । कार्यक्रममा चितवनका सात वटा बस्तुगत सहकारी संघका अध्यक्ष, पदाधिकारी, संचालक गरी ४५ जना सहभागी भएको जिल्ला सहकारी संघका व्यवस्थापक विनोद खतिवडाले बताए । कार्यक्रमको संयोजन गरेको जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष टीकाराम भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट