भरतपुर, ११ असार
राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत भरतपुर महानगरमा सञ्चालित कराँतेतर्फ प्रगति शिक्षा सदन पहिलाे भएकाे छ ।
भरतपुरमा ३ दिनसम्म चलेकाे प्रतियोगितामा भरतपुर-१५ काे प्रगतिले ५ पदक जित्दै पहिलाे स्थान हात पारेकाे हाे । एक स्वर्ण, २ कांस्य र २ रजत जितेकाे हाे । कुल पदक संख्या समान भए पनि विश्वप्रकाश माध्यमिक विद्यालय कम कांस्य पदकका कारण दाेस्राे भएको छ । समान १ स्वर्ण जिते पनि विश्वप्रकाशकाे कांस्य १ र रजत ३ छन् ।
बालकुमारी कन्या माध्यमिक विद्यालय १ स्वर्ण, १ कांस्य र २ रजतसहित कुल ४ पदक जितेर तेस्राे भयाे ।
प्रतियोगितामा ३२ विद्यालयका कुल १३४ विद्यार्थी सहभागी भएकाे आयाेजक भरतपुर महानगरपालिका खेलकुद विकास समितिका सदस्य एवं प्रतियोगिताका कराँते इभेन्ट संयाेजक प्रजिल श्रेष्ठले जानकारी दिए ।





