काठमाडौँको बजेट २५ अर्ब ४१ करोड

काठमाडौँ, १० असार ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोडको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको नगरसभामा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत गरिएको बजेट चालू आर्थिक वर्षको बजेटभन्दा ६ अर्ब ४६ करोड रुपैयाँले बढी हो । चालू आर्थिक वर्षमा महानगरले १८ अर्ब ९५ करोडको बजेट विनियोजन गरेको थियो । महानगरको बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।

उपमेयर डंगोलले महानगरपालिकाले कूल बजेटको ४९.५७ प्रतिशत बजेट पूर्वाधार विकास क्षेत्रमा विनियोजन गरिएको बताइन् । उनले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट विनियोजन गरेकी छन् ।

त्यस्तै, कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार, सामाजिक विकासका लागि १ अर्ब ६२ करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ अर्ब ४६ करोड विनियोजन गरेको जानकारी दिइन् । उनका अनुसार महानगरले चालू आर्थिक वर्षको हालसम्मको अवधिमा ८ अर्ब ८० करोड आम्दानी गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट