पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड
भरतपुर, १० असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । उपमेयर मञ्जुदेवी गुरुङले शुक्रबार आयोजित ११औं नगरसभामा बजेट सार्वजनिक गरेकी हुन् । चालू आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो । बजेटमा संघीय सरकारको अनुदानबाट […]
ललितपुरले ल्यायो ६ अर्ब ३५ करोडको बजेट
भरतपुर, १० असार । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि ६ अर्ब ३५ करोड ३ हजार रुपैयाँको बजेट ल्याएको छ । ललितपुर महानगरको शुक्रबारको नगरसभामा नगरप्रमुख चिरीबाबु महर्जनले बजेट पेस गरेका हुन् । महर्जनले नगरसभामा बजेट तथा नीति प्रस्तुत गर्दै यो बजेटले महानगरको विकास, सेवा व्यवस्थापन, सुशासन कायम राख्न सहयोग गर्ने बताए । महानगरलाई […]
रामपुर क्याम्पसमा टपरी बनाउने कार्यक्रम सम्पन्न

भरतपुर, १० असार । द इको मिनियन्स (टि.इ.एम.) संस्थाले टपरी बनाउने कार्यक्रम सम्पन्न गरेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि विज्ञान अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । इको अर्थात इन्भायरमेन्ट अनि मिनियन अर्थात फ्लोअर्स नारामा काम गर्दै आएको इकोमिनियन्सले वातावरण सम्बन्धि कार्यक्रम गर्दै आईरहेको छ । टपरी प्रशिक्षणसँगै गँड्यौला खेती पनि […]
देवचुलीको नीति तथा कार्यक्रम : कृषिदेखि आर्थिक विकास र स्वरोजगार

देवचुली, १० असार । देवचुली नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ । नगरप्रमुख हरिप्रसाद न्यौपानेले नगरपालिकाको १० औं नगरसभाको पहिलो बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको हो । नगरसभाले पारित गरेको नीति तथा कार्यक्रममा कृषिदेखि आर्थिक विकास र स्वरोजगारलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम […]
काठमाडौँको बजेट २५ अर्ब ४१ करोड

काठमाडौँ, १० असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोडको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको नगरसभामा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रस्तुत गरिएको बजेट चालू आर्थिक वर्षको बजेटभन्दा ६ अर्ब ४६ करोड रुपैयाँले बढी हो । चालू आर्थिक वर्षमा […]
पर्यटनमन्त्री आलेले ४८ घण्टाभित्र राजीनामा दिने

काठमाडौँ, १० असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादी (एस)को पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन् । “पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो,” आलेलाई उद्धृत गर्दै एक […]
वीरगञ्ज महानगरको बजेट ३ अर्ब ३३ करोड

भरतपुर, १० असार । वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । वीरगन्ज महानगरपालिकाको नगरसभाको ११औं अधिवेशनमा उपमेयर इम्तियाज आलमले बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा चालूतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ एक अर्ब […]
विराटनगरले ल्यायो ३ अर्ब ६२ करोड ५५ लाखको बजेट

भरतपुर, १० असार । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले शुक्रबार महानगरको १०औं सभामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेकी हुन । प्रस्तुत बजेट चालू आर्थिक वर्षको भन्दा १ […]
भरतपुर महानगरको बजेट ५ अर्ब ७४ करोड रुपैयाँ

भरतपुर, १० असार । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । त्यसमा आन्तरिक आय १ अर्ब ५० करोड रुपैयाँ रहने छ । त्यस्तै विकास निर्माणका लागि जनसहभागितामार्फत ३६ करोड रुपैयाँ जुटाइने बजेट वक्तव्यमा भनिएको छ । शुक्रबारबाट सुरू भएको महानगरपालिकाको […]
बर्डफ्लु पुष्टि भएपछि एक हजार पक्षी नष्ट

कर्णाली, १० असार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो । सो फर्ममा १०० भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको पशुपक्षी विकास निर्देशनालयका […]
मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, १० असार । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ […]
२०७९ असार १० गते शुक्रबारको कायाकैरन दैनिक (E-paper)