काशीरुपाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

राप्ती, ५ असार ।
राप्ती-४ मा रहेको काशीरुपा आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

वडा नम्बर – ४ को आर्थिक सहयोगमा उक्त शैक्षिकसामग्री वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत १३८ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग होस् भनि शैक्षिकसामग्री वितरण गरिएको वडा अध्यक्ष केदारप्रसाद आचार्यले बताए । गरिब, दलित तथा जनजातिको बाहुल्य रहेको यस विद्यालयमा कापीकलमकै कारणले शिक्षा पाउने अधिकार नरिकियोस् भनी सहयोग गरिएको आचार्यको भनाइ छ । साथै सम्भव भएसम्म यसै शैक्षिकसत्रदेखि अङ्ग्रेजी माध्यमबाट पठनपाठनको व्यबस्था गरिने उनको भनाइ छ ।

मुलुकका धेरै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरिएको र सफल पनि भएकोले आफूले पनि यस विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन होस् भन्ने चाहेको उनले बताए ।

त्यस्तै काशीरुपाका प्राचार्य विपी लामाले सम्भव भएसम्म यसैवर्ष, नभए अर्को शैक्षिकसत्रदेखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने प्रतिबद्धता व्यक्त गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट